Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित

KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित हासिल गरेको छ । कोलकाताले दिल्लीविरुद्ध ७ विकेटको सानदार जित निकालेको हो ।
दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । कोलकताका लागि फिल सल्टले सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६ रन बनाए । सुनिल नारायणले १५ रन र रिंकु सिंहले ११ रनको योगदान दिए । दिल्लीका लागि अक्षर पटेलले २ तथा लिजाड विलियम्सले १ विकेट लिए। 
टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।
कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार