Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रोयल च्यालेन्जर्स बैंग्लोरुको यसपालिको आईपिएल यात्रा सकियो

CRICKET-IND-IPL-T20-RAJAS-1716426579.jpg

फाइल तस्विर

१० जेठ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर सकिएको छ ।
बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भएसँगै आरसिबी प्लेअफबाट बाहिरिएको हो । आरसिबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
राजस्थानका लागि यशस्वी जैसवालले ४५ रन, रियानले ३६ रन, टम कोहलर–क्याडमोर २० र धुव्र जुरेलले ८ रनको योगदान दिए । सञ्जु सैमसनले १७ रन र शिमरोन हेटमायरले २६ रन बनाए ।
आरसीबीका लागि मोहमद सिराजले दुई विकेट लिए भने क्यामरुन ग्रीन, लोकी फर्ग्युसन र कर्ण शर्माले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । आरसिबीका लागि विराट कोहलीले ३३ रन, रजत पाटीदारले ३४ रन बनाए भने कप्तान फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ रन र महिपाल लोमरले  ३२ रन बनाए । ग्लेन म्यासवेल शुन्य रनमा आउट भए ।
राजस्थानका लागि आवेश खानले तीन विकेट लिए । रविचन्द्र आश्वीनले दुई र सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार