Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित

20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम ह्युस्टन हरिकेन्ससँगको अभ्यास खेलमा ६ रनले जित हासिल गरेको छ । प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा शुक्रबार राति नेपालले १ सय ४७ रनको मध्यम लक्ष्य जोगाउँदै जित हासिल गर्‍याे।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाएको थियो। ह्युरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे।
नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए। त्यस्तै, रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। नेपालका लागि अनिलकुमार शाहले ३० बलमा ४७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले २३ रन तथा गुलसन झाले २० रन बनाए।
नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने छ।
विश्वकपमा भने नेपालले आफ्नो पहिलो खेलमा २२ जेठमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार