Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ

Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको विक्रि शुभारम्भ गरेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दुग्धजन्य पदार्थ विक्रि वितरण शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बानियाँले दुग्धजन्य पदार्थको विविधिकरणमार्फत आयआर्जन अभिबृद्धिमा लाग्नु सुखद भएको भन्दै यसलाई बृद्धि गर्दै लैजान आग्रह गरे । उनले पशुपालक कृषकको हितका लागि यस्ता कार्यले सहयोग गर्ने भएकाले आफ्नो तर्फबाट नीतिगत सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषकहरुमाफ उपस्थित हुन पाउँदा आफु आनन्दित भएको भन्दै कृषक हितका लागि संस्थाले गर्ने कार्यमा आफ्नो सहयोग रहने बताए । संस्थाका अध्यक्ष शिव प्रसाद सन्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे,  हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, सल्लाहकार श्रीराम खतिवडा, सहकारीका सचिव कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य सरिता सापकोटा, बिजय पौडेल, लेखराज ढकाल, जिल्ला दुग्ध संघका सदस्य इन्द्र प्रसाद खतिवडा, गरिबी निवारण साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, बंशगोपाल दुग्ध सहकारी संस्थाका उपाध्यक्ष केशब धिताल, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुंगाना  सहकारीका कार्यसमिति, सल्लाहकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले दुग्धजन्य पदार्थको विविधिकरणका लागि ५ लाख रुपैैया सहयोग गर्ने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार