Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

मनहरी गाउँपालिकामा शैक्षिक अन्तरक्रिया

२० प्रतिशत विद्यार्थी ड्रपआउट

Man-(2)-1517622845.jpg

२० माघ,हेटौंडा। विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुलाई भेला गरी मनहरी गाउँपालिकाले शुक्रबार शैक्षिक अन्तरक्रिया गरेको छ । गाउपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरी गाविसका ३२ वटा सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रअहरु, ९ वटै वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु सहभागी थिए ।

भेलामा मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री शर्मा भट्टराईले स्थानीय तहमा आएको अधिकार सही सदुपयोग गरी मनहरीको शिक्षा क्षेत्रलाई उत्कृष्ठ र नमूनालायक बनाउन आग्रह गरे । भेलामा सहभागी शिक्षकले गाउँपालिकामा शिक्षा क्षेत्र हेर्ने अधिकारी नभएका कारण विद्यालय सञ्चालनमा समस्या आएको बताए ।

कार्यक्रममा मनहरी श्रोतकेन्द्रका श्रोतव्यक्ति रमेश शर्मा पराजुलीले मनहरी क्षेत्रमा कक्षा छोड्ने दर, १९ दशमलब ५ प्रतिशत र कक्षा दोहो¥याउने दर १९ दशमलब २ प्रतिशत रहेको बताए । मनहरी गाउँपालिकामा ८ वटा मावि रहेको र मावि दर्बन्दीका शिक्षक ११ जना मात्रै रहेको बताए । कक्षा १–८ सञ्चालन भएका विद्यालय १२ वटा रहेको र निमावि दर्बन्दी १४ वटा मात्रै रहेको बताए । 

गाउँपालिका कार्यकारी अधिकृत किसान न्यौपानेले गाउँपालिकाको खातामा आएको सशर्त अनुदानका रकम विद्यालयको खातामा पठाउन बिबिध समस्या रहेको बताए । गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले भेलाबाट आएका सुझाव संकलन गरी शिक्षा क्षेत्रका विकासका लागि मार्गचित्र निर्माण गरिने बताइन् ।    

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार