३ असोज, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ। नेपालले दिएको २ सय २० रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुल्सन झाले पनि अलराउन्डर प्रदर्शन गरे । झाले ब्याटिङ तर्फ ३५ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले।
गुल्सनले ओमानको पाँच विकेट समेत लिएका थिए। नेपालका लागि आरिफ शेखले ३५ रन बनाउँदा आसिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११-११ रन बनाए। सोमपाल कामी २० रनमा रनआउट भएका थिए। ओमानका लागि अकिब इलियस, फयाज बट र कलिमुल्लाहले समान २-२ विकेट लिएका थिए। त्यस्तै सकिल अहमेद र सोइब खानलेपनि १-१ विकेट रह्यो।
२ सय २१ रनको लक्ष्य पछ्याएको ओमानले राम्रो सुरुवात गरेको थियो। उसले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्यो। ओपनर कश्यप प्रजापतीले ३६ रन बनाउँदा जतिन्द्र सिंहले ४१ रन बनाए। त्यस्तै कप्तान अकिब इलियसले २९ रन बनाउँदा प्तिक अथभले २६रन बनाए। टिमको जितमा भने सकिल अहमेदको १७ रन महत्वपूर्ण रह्यो। त्यस्तै कलिमुल्लाह ८ बलमा ६ रन बनाउँदै सकिल सँगै अविजित फर्किए।
नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर पाँच विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए। अब नेपालले सिरिजको तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा ८ असोजमा ओमानविरुद्ध खेल्ने छ । ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टी-२० सिरिजको कार्यतालिका रहेको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


