२० असोज, हेटौंडा । हेटौंडा हुँदै काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा पनि एक साता अघिको निरन्तरको बर्षाले प्रभाव पारेको छ ।
प्रष्टखबरको टोलि सडकको अवस्थाबारे स्थलगत रिपोर्टिङका लागि मकवानपुरको सिमाना बागमती (बगुवा) पुलसम्म पुगेको थियो । यसक्रममा बर्षाले धेरै ठाउँमा पहिरो गएको पाइएको छ । मकवानपुरगढी माथिदेखि नै सडकमा पहिरो खसेको पाइन्छ । धेरै ठाउँमा साना पहिरो छन् भने एक दुई ठाउँमा ठूला पहिरो खसेको छ ।
तर पहिरोले सडक संरचनामा क्षति भने पुर्याएको छैन । पहिरो गएको ठाउँमा थोरै ठाउँमा एकतर्फी सडक सुचारू छ भने धेरै ठाउँमा पहिरो पन्छाइएको छ । पहिरो पन्छाउने काम पनि जारी छ । हेटौंडादेखि बगुवासम्म अहिले सडक सुचारु छ भने ललितपुरको भट्टेडाँडा तिनपानेदेखि बगुवासम्म सवारी आइरहेको देखिएको छ ।
बगुवा पुलमा बगाएको सडक संरचना निर्माणको काम भइरहेको छ । निर्माणको जिम्मा फाष्ट ट्रयाक अन्तरगतको नेपाली सेनाले लिएर काम गरिरहेको छ । सडक निर्माणका लागि एक्साभेटर लगायतका उपकरण प्रयोग गरिएको छ । चार दिनदेखि खोलाको धार व्यवस्थापन र डाइभर्सन निर्माणको काम गरिरहेको बताउँदै सेनाका एक अधिकारीले २ दिनमा सडक सुचारू गर्ने गरि काम भईरहेको बताए । उनका अनुसार बागमती खोलाको तिब्र गतिको बहाव सडक निर्माणका लागि चुनौती बनेको छ । तर सडक सुचारू गराउने जिम्मेवारी पुरा गर्न आफुहरू निरन्तर काम गरिरहेको उनले बताए । निर्माणस्थलमा कान्तिलोकपथ आयोजनाका कर्मचारी पनि परिचालित छन् ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













