Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मछिन्द्रलाई

3-1740271583.jpg

११ फागुन, हेटौंडा । सुनसरीको इटहरीमा सम्पन्न १५ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ।
शनिबार इटहरी रंगशालामा सम्पन्न भएको फाइनलमा मोरङको सगरमाथा युथ क्लबलाई २-० गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि हात पारेको हो ।
मछिन्द्रलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गोल गरेका थिए। खेलको चौथो मिनेटमा मलिक युसुफले गोल गर्दै टिमलाई अग्रता दिएका थिए।
पहिलो हाफमा १–० शून्यको अग्रता लिएको मछिन्द्रका हरिमले खेलको ८५ औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथाका कुलदिप कार्की भए। त्यसैगरी, अन्य विधातर्फ मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, सनिष श्रेष्ठ उत्कृष्ठ डिफेन्डर, विशाल घलान उत्कृष्ठ मिडफिल्डर घोषित भए।
यस्तै, मलिक युसुफ उत्कृष्ठ फरवार्ड, सन्तोष न्यौपाने उत्कृष्ठ प्रशिक्षक घोषित भए। त्यसैगरी उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे भए।
मच्छिन्द्रले ट्रफीसहित १० लाख रुपैयाँ हात पारेको छ। त्यसैगरी उपविजेता सगरमाथाले ५ लाख रुपैयाँ हात पारेको छ।
गोल्डकपमा एक भारतीयसहित ८ टोलीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार