Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कैलाशको अध्यक्ष कप फुटबलको सेमिफाइनल समीकरण पुरा

Screenshot_20250227_20302-1740667535.jpg

१५ फागुन,हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको  सेमीफाइनलको समीकरण पुरा भएको छ। बुधबारबाट सुरु भएको पालिका स्तरीय अन्तर वडाकप फुटबलमा विहीबार  चार खेल सम्पन्न भएसंगै कपको सेमीफाइनलका समीकरण पुरा भएको हो। बिहीबार भएको पहिलो  खेलमा वडा १० ले वडा ६ लाई २ का विरुद्ध शून्य  गोल अन्तरले पछि पार्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा १० का लागि सागर बलले २ गोल गरेका थिए भने खेलको म्यान अफ द म्याच पनि सागरनै घोषित भए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा वडा ५ ले वडा ३ लाई ३ का विरुद्ध शून्य गोल अन्तरले हराएको छ । ५ नम्बरका हिरा लामाले एक गोल र खड्कलाल मुक्तानले २ गोल गर्दै ५ नम्बरलाई फेमीफाइनलमा पुयाएका हुन् । खेलको म्यान अफ द म्याच खड्कलाल मुक्तान घोषित भएको खेलकुद विकास समितिका सदस्य रवीन्द्र थिङले बताए । 
त्यसैगरी आजै सम्पन्न तेस्रो खेलमा वडा नम्बर ७ विजयी भएको छ । घरेलु मैदानमा वडा ७ ले ९ लाई २का विरुद्ध १ गोल अन्तरले पराजित गरेको थियो । वडा नम्बर ७ को तर्फ बाट सागर चेपाङले २ गोल गरेका थिए भने ९ को तर्फबाट रिजन बर्तौलाले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच चेपाङ घोषित भए । त्यसैगरी आज भएको चौथो खेलमा  वडा नम्बर ८ विजयी भएको छ । ८ का खेलाडी राजन स्याङ्बोले ४ नम्बरको पोष्टमा  ५ गोल गरेका थिए भने ४ नम्बरले भने कुनै पनि गोल फर्काउन सफल भएन। खेलको म्यान अफ द म्याच राजन स्याङ्बो घोषित भए ।गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने पहिलो सेमीफाइन खेल वडा नम्बर १० र ७ बीच र  दोस्रो खेल वडा नम्बर ८ र ५ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।
विजेताले  १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  कैलाश ९ स्थित नामटार खेल मैदानमा जारी प्रतियोगिताको फाइनल भिडन्त शनिबार हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार