१७, फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले प्राप्त गरेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर १० ले शनिबार सम्पन्न वडा नम्बर ८ विरुद्धको फाइनल खेलमा अध्यक्षकप फुटबल प्रतियोगिता माथि उपाधि कब्जा गरेको हो।
कैलाश ९ स्थित नामटार खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई पेलान्टी सुट आउटमा ८-७ गोल अन्तरले हराउँदै वडा १० विजयी भएको हो । उपाधि सँगै वडा १० ले नगद एक लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको वडा ८ ले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलकाे पहिलाे हाफ बराबरी भएको थियाे । खेलकाे १७ औं मिनेटमा १० नम्बर वडाका सुर्य थिङ्गले पहिलाे गाेल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गाेल फर्काउँदै बराबरीमा पुर्याएका थिए । दाेस्राे हाफमा दुबैतर्फबाट गाेल गर्न असफल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेकाे थियाे । पेलान्टी सुटआउटमा दुवैतर्फबाट बराबरी ५-५ गाेल भएको थियाे भने सडनडेथमा ३-२ गाेल भए सङ्गै ८-७ गाेल अन्तरले वडा नम्बर १० विजयी भएको हाे । खेलको म्यान अफ द म्याच वडा १० का गाेलरक्षक विशाल वाईवा घोषित भए ।
गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा ८का विपु मुक्तान, उत्कृष्ट फरवार्ड वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सुर्य थिङ्ग, उत्कृष्ट मिडफिल्डर वडा ८ का विपु मुक्तान , खेल अवधिमा धेरै गोलगर्ने वडा ८ का खेलाडी राजन स्याङ्बाे(६गाेल), उत्कृष्ट गोलरक्षक वडा १०का विशाल वाइवा र सर्वाेत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल विशेष आतिथ्यता रहेकाे कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १०का अध्यक्ष सुर्य बहादुर ब्लाेन वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जाेशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चाैकी नामटारका ईन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















