२४ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भएका छन् ।
हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेश्वर भेट्रान्सले एबिसी भेट्रान्स पोखरालाई टाईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा ३-२ गोलले बानेश्वर भेट्रान्स विजयी भएको हो । खेलको म्यान अफ द म्याच बानेस्वर भेट्रान्सका खेलाडी राजनलाल नेपाली घोषित भएका थिए ।
यस्तै आजै भएको दोस्रो क्वाटरफाईलन खेलमा किङकम भेट्रान्स विजयी भएको छ । किङकम भेट्रान्सले बगर भाईखलक भेट्रान्सलाई ३-० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा किङकम भेट्रान्सको तर्फबाट खेलको २० औं मिनेटमा सञ्जय रानाले एक गोल गरेका थिए भने खेलको ४१ र ४८ औं मिनेटमा सरोज थापाले दुई गोल गर्दै समूहलाई विजयी बनाएका थिए । खेलमा म्यान अफ द म्याच थापा घोषित भएका थिए ।
तेस्रो क्वाटर फाइनल खेलमा नागस्वती भेट्रान्सलाई २-० दुई शून्य गोलले पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स विजयी भएको छ । फ्रिडमको तर्फबाट खेलको १३ औं मिनेटमा कृष्ण मालाकारले एक गोल गरेका थिए भने ४१ औं मिनेटमा तेज बहादुर गलामीले एक गोल गर्दै समूहलाई सेमिफाइनल प्रवेश गराउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम भेट्रान्सका तेज बहादुर गलामी घोषित भएका थिए ।
आजको चौथो क्वाटर फाइनल खेलमा बौद्ध भेट्रान्स र हेटौडा भेट्रान्स बराबरीमा टुङ्गिएको छ । निर्धारित समयमा दुवै समूहबाट १-१ गोल भएपछि खेल टाईब्रेकरमा पुगेको थियो । समय अभावका कारण यी दुई समूहबिचको टाएब्रेकर आइतबार बिहान साढे ८ बजे हुने प्रतियोगिता संयोजक मणिराज गौतमले बताए।
आइतबार दिउँसो २ बजे बानेश्वर भेट्रान्स र फ्रिडम फाइटरबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल किङकम भेट्रान्स काठमाडौंले हेटौडा र बौद्ध भेट्रान्सबीचको विजयी टिमसँग खेल्ने छ ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









