Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सांसद बानियाँद्वारा भवन उदघाटन

Baniya-1520862853.jpg

२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् ।

भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले विद्यालयलाई आफूले सकेको सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर लामिछानेले विद्यालयको भौतिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ८ कोठे भवन र शौचालय निर्माण गर्न १ करोड ६८ लाख ४२ हजार ७ सय २९ रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ । जस मध्ये प्लान ईन्टरनेशनल नेपालबाट १ करोड ६६ लाख,विद्यालयबाट २ लाख १३ हजार सहयोग भएको थियो ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने प्लान ईन्टरनेशनल नेपाल,नेपाल ग्रामीण पुर्ननिर्माण संस्था, बालजागृति युवा वर्ष मावि, मकवानपुर बहिरा संघ,गौतम नर्सरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयद्धारा संचालित अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा भएको भवन उदघाटन कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,वडा सदस्य कल्पना विक,प्लान ईन्टरनेशनल नेपाल हेटौडा ईकाइ प्रमुख नेत्रप्रसाद उपाध्याय, सिद्धार्थ अगुवा केन्द्रका श्रोत व्यक्ति किरण आचार्य, राष्ट्रिय अपाङग महासंघ क्षेत्रीय उपाध्यक्ष सरीता थापा, राष्ट्रिय अपाङग महासंघ केन्द्रीय सदस्य सगुन श्रेष्ठ, बालजागृति युवा वर्ष माविका प्रधानाध्यापक भरत सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय भवन निर्माण गर्न बालजागृति युवा वर्ष माविले १५ कठ्ठा जमिन उपलव्ध गराएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार