१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माविकी सदिक्षा गुरुङ प्रथम भएकी छिन् । उनी सोमबार भएको प्रतियोगितामा सामाजिक सञ्जाल अवसर की चुनौति भन्ने विषयमा आफ्ना धारणा राख्दै प्रथम भएकी हुन् । उनले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
त्यस्तै, प्रतियोगितामा सोही विद्यालयका अभिषेक सारुमगर द्धितीय भएका छन् । उनले नगद सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने कालिका माविका कृष मोक्तान तृतीय भएका छन् । मुक्तानले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ९ जनाको सहभागीता रहेको थियो ।
गाउँपालिका अध्यक्ष एंव गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले वक्तृत्वकला कार्यक्रमले विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्वका साथै वाक कलाको प्रस्तुतीकरणको विकास रहने बताए । समय सान्दर्भिक विषयवस्तुले गर्दा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको असरबारे ज्ञान बढ्ने बताए । यसको अवसर र चुनौति दुबै छन्, गुगल र च्याटजिपिटीको भर पर्नाले पठनपाठनमा कमी हुँदै क्रियटिभ तरिकाले अघि बढ्न सकिरहेका छैनौं जसले गर्दा बौद्धिक कुरामा कम हुन्छ, मुक्तानले भने ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मानव बेचविखन, दुव्र्यवहार, हिंसा लगायतका कार्य भइरहेको छ, त्यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले यी यस्ता कार्यक्रमले तार्किक र बौद्धिक क्षमतामा बृद्धि हुने बताए । सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग बराबरको अवस्था रहेको छ, सदुपयोगले विकास हुन्छ दुरुपयोगले विनास समेत हुनेछ, उपाध्यक्ष मल्लले भने । प्रतियोगिताको शिक्षा शाखा प्रमुख समीर जोशी, शिक्षिका धनकुमारी जोशी र शिक्षक सीताराम श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)