१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा कमलादेवी माविकी सदिक्षा गुरुङ प्रथम भएकी छिन् । उनी सोमबार भएको प्रतियोगितामा सामाजिक सञ्जाल अवसर की चुनौति भन्ने विषयमा आफ्ना धारणा राख्दै प्रथम भएकी हुन् । उनले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
त्यस्तै, प्रतियोगितामा सोही विद्यालयका अभिषेक सारुमगर द्धितीय भएका छन् । उनले नगद सात हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने कालिका माविका कृष मोक्तान तृतीय भएका छन् । मुक्तानले नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ९ जनाको सहभागीता रहेको थियो ।
गाउँपालिका अध्यक्ष एंव गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, सामाजिक विकास संयोजक तथा वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले वक्तृत्वकला कार्यक्रमले विद्यार्थीहरुमा व्यक्तित्व र नेतृत्वका साथै वाक कलाको प्रस्तुतीकरणको विकास रहने बताए । समय सान्दर्भिक विषयवस्तुले गर्दा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको असरबारे ज्ञान बढ्ने बताए । यसको अवसर र चुनौति दुबै छन्, गुगल र च्याटजिपिटीको भर पर्नाले पठनपाठनमा कमी हुँदै क्रियटिभ तरिकाले अघि बढ्न सकिरहेका छैनौं जसले गर्दा बौद्धिक कुरामा कम हुन्छ, मुक्तानले भने ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । मानव बेचविखन, दुव्र्यवहार, हिंसा लगायतका कार्य भइरहेको छ, त्यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले यी यस्ता कार्यक्रमले तार्किक र बौद्धिक क्षमतामा बृद्धि हुने बताए । सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग बराबरको अवस्था रहेको छ, सदुपयोगले विकास हुन्छ दुरुपयोगले विनास समेत हुनेछ, उपाध्यक्ष मल्लले भने । प्रतियोगिताको शिक्षा शाखा प्रमुख समीर जोशी, शिक्षिका धनकुमारी जोशी र शिक्षक सीताराम श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




