Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा २२ वटा हातहतियार प्रहरीमा बुझाइयो

Hatiyar-lamjung-1771835074.jpg

फाईल तस्विर

११ फागुन, हेटौंडा । मकवानपुर जिल्लामा आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त बनाउन इजाजत प्राप्त हातहतियार बुझाउने क्रम जारी रहेको छ । मकवानपुरमा ४७ वटा इजाजत प्राप्त हातहतियार रहेकोमा हालसम्म २२ वटा जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार जिल्लाभित्र व्यक्तिगत इजाजतमा रहेका हातहतियारहरूमध्ये १६ वटा बैंकका सुरक्षा गार्डहरूले प्रयोग गर्दै आएका थिए । ती हातहतियार निर्वाचनको अन्तिम तयारीका क्रममा बुझाउने प्रक्रिया अगाडि बढिरहेको छ। केही हातहतियारधनीहरू बसाइँसराइ गरेर अन्य जिल्लामा गएका वा हाल विदेशमा रहेकाले बुझाइएको संख्या केही कम देखिएको उनले जानकारी दिए।

माघ ६ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन जिल्लाभित्रका सबै इजाजत प्राप्त हातहतियार १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको थियो।

बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सम्बन्धित धनीलाई सुरक्षितसाथ फिर्ता गरिनेछ। तोकिएको म्यादभित्र हातहतियार नबुझाउने वा अटेर गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार