Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरमा २२ वटा हातहतियार प्रहरीमा बुझाइयो

Hatiyar-lamjung-1771835074.jpg

फाईल तस्विर

११ फागुन, हेटौंडा । मकवानपुर जिल्लामा आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त बनाउन इजाजत प्राप्त हातहतियार बुझाउने क्रम जारी रहेको छ । मकवानपुरमा ४७ वटा इजाजत प्राप्त हातहतियार रहेकोमा हालसम्म २२ वटा जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार जिल्लाभित्र व्यक्तिगत इजाजतमा रहेका हातहतियारहरूमध्ये १६ वटा बैंकका सुरक्षा गार्डहरूले प्रयोग गर्दै आएका थिए । ती हातहतियार निर्वाचनको अन्तिम तयारीका क्रममा बुझाउने प्रक्रिया अगाडि बढिरहेको छ। केही हातहतियारधनीहरू बसाइँसराइ गरेर अन्य जिल्लामा गएका वा हाल विदेशमा रहेकाले बुझाइएको संख्या केही कम देखिएको उनले जानकारी दिए।

माघ ६ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन जिल्लाभित्रका सबै इजाजत प्राप्त हातहतियार १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको थियो।

बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सम्बन्धित धनीलाई सुरक्षितसाथ फिर्ता गरिनेछ। तोकिएको म्यादभित्र हातहतियार नबुझाउने वा अटेर गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg