Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बानियाँद्वारा खानेपानी योजना उद्घाटन

Khaanepani-1527951500.jpg

१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् । 
कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका बानियाँले विकासमा सबै राजनैतिक दलले राजनैतिक स्वार्थबाट माथि उठेर सहयोग गर्नु पर्ने बताए । यस खानेपानी योजनालाई विगतमा आफुले सहयोग गरेको भन्दै आवश्यक थप सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । उनले अहिले घर नजिकको सरकार स्थानीय तह भएकाले विकासका लागि वडा कार्यालयसंग समन्वय गर्न समेत उनले सुझाव दिए । 
२०७२ सालदेखि निर्माण शुरु भएको योजनामा हाल सम्म १२ लाख ६० हजार खर्च भएको समितिले जनाएको छ । योजना २०७७ साल सम्ममा पूरा गर्ने लक्ष्य रहेको छ । कार्यक्रममा खानेपानी योजना संचालन गर्न सहयोग गर्ने प्रदेशसभा सदस्य ईन्द्र बानियाँ, जग्गादाता मुक्तबहादुर थापा मगर, राष्ट्रिय योजना आयोगका कर्मचारी सुरज मुक्तानलाई सम्मान गरिएको थियो । यसैगरी, समितिको १३ औं वार्षिक साधारण सभा समेत सम्पन्न भएको छ । कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र घलानले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिका अध्यक्ष घलानको सभापतित्वमा भएको कार्यक्रममा हेटौडा–१८ का वडा सदस्य तोयनाथ तिमल्सिना, नेपाली काँग्रेस मकवानपुका सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विक, समितिकी सचिव राधिका हुमागाई, स्थानीय बासिन्दा र संचारकर्मीको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार