Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल

६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ । 
राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको नवलपुर सरस्वती बसामाडी सामुदायिक वन पहिलो, हेटौडा २५ मा रहेको पञ्चकन्या सामुदायिक वन दोश्रो र हेटौडा २४ मा रहेको ज्योति सामुदायिक वन तेश्रो भएको छ । कबुलियती वन तर्फको पुरस्कारमा पहिलो त्रिभुवन राजमार्ग कमेरोडाडाँ कबुलियती वन, टिस्टुङ्ग ६, रुथुमभेक कबुलियती वन खैराङ ९ दोश्रो र महिला हरियाली कबुलियती वन सरिखेत तेश्रो भएका छन ।
 सामुदायिक वन भित्र वन्यजन्तुको संरक्षण र बासस्थानमा प्रभावकारी काम गर्ने सामुदायिक वन समूहलाई पनि वन कार्यालयले पुरस्कृत गर्ने कार्यको शुरुवात २ वर्ष पहिले देखि गर्दै आएको छ । यो पुुरस्कार दुवै पटक हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले पाएको थियो । समूहले सालक लगायत अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ ।
यस वर्ष वन्यजन्तु तर्फको पुरस्कार मनहरीमा रहेको सीमपानी देवकोट संयुक्त सामुदायिक वनले पहिलो, चुरेकाड सामुदायिक वन हेटौडा १८ ले दोश्रो र पञ्चकन्या सामुदायिक वन कोगटे ८ ले तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन । यसैगरी निजी वन तर्फ हेटौडा ६ का  किसान यादवप्रसाद उप्रती पहिलो आमभन्ज्याङ्ग ७ का किसान लालबहादुर बजगाई दोश्रो र हेटौडा ११ का किसान केदारप्रसाद बर्तौला तेश्रो भएका छन । 
निमित्त स्थानीय विकास अधिकारी किसन न्यौपानेको अध्यक्षतामा क्षेत्रीय वन निर्देशानालय र जिल्ला वन कार्यालयको संयुक्त बैठकले यो निर्णय गरेको रेन्जर ऋषि पराजुलीले जानकारी दिनु भयो । घोषणा गरिएका सामुदायिक वन, कबुलियती  वन र किसानलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने वन कार्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार