भीमसेन पौडेल
६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।
राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको नवलपुर सरस्वती बसामाडी सामुदायिक वन पहिलो, हेटौडा २५ मा रहेको पञ्चकन्या सामुदायिक वन दोश्रो र हेटौडा २४ मा रहेको ज्योति सामुदायिक वन तेश्रो भएको छ । कबुलियती वन तर्फको पुरस्कारमा पहिलो त्रिभुवन राजमार्ग कमेरोडाडाँ कबुलियती वन, टिस्टुङ्ग ६, रुथुमभेक कबुलियती वन खैराङ ९ दोश्रो र महिला हरियाली कबुलियती वन सरिखेत तेश्रो भएका छन ।
सामुदायिक वन भित्र वन्यजन्तुको संरक्षण र बासस्थानमा प्रभावकारी काम गर्ने सामुदायिक वन समूहलाई पनि वन कार्यालयले पुरस्कृत गर्ने कार्यको शुरुवात २ वर्ष पहिले देखि गर्दै आएको छ । यो पुुरस्कार दुवै पटक हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले पाएको थियो । समूहले सालक लगायत अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ ।
यस वर्ष वन्यजन्तु तर्फको पुरस्कार मनहरीमा रहेको सीमपानी देवकोट संयुक्त सामुदायिक वनले पहिलो, चुरेकाड सामुदायिक वन हेटौडा १८ ले दोश्रो र पञ्चकन्या सामुदायिक वन कोगटे ८ ले तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन । यसैगरी निजी वन तर्फ हेटौडा ६ का किसान यादवप्रसाद उप्रती पहिलो आमभन्ज्याङ्ग ७ का किसान लालबहादुर बजगाई दोश्रो र हेटौडा ११ का किसान केदारप्रसाद बर्तौला तेश्रो भएका छन ।
निमित्त स्थानीय विकास अधिकारी किसन न्यौपानेको अध्यक्षतामा क्षेत्रीय वन निर्देशानालय र जिल्ला वन कार्यालयको संयुक्त बैठकले यो निर्णय गरेको रेन्जर ऋषि पराजुलीले जानकारी दिनु भयो । घोषणा गरिएका सामुदायिक वन, कबुलियती वन र किसानलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने वन कार्यालयले जनाएको छ ।
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

-1779325788.jpg)
-1779325219.jpg)









-1778287066.jpg)




