Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

सिस्नेरीमा विकास सम्बन्धी सार्वजनिक सुनुवाइ

20161111_124817-1478875728.jpg

२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ ।

सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका प्रदाधिकारीले दुई गाविसका योजनाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा स्थानीयले ईपा-कोगटे सडक,  ईपा-बुढिचौर सडक, मदनभण्डारी सडक र रामचन्द्र भञ्ज्याङ सडक सुधार, विभिन्न खानेपानी योजना, सिंचाइ, विद्यालय भवन, विद्युत रोयल्टी लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासालाई विषयगत कार्यालयको तर्फबाट जिविसका योजना अधिकृत किसान न्यौपाने, जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, पशु सेवा कार्यालयका प्राविधिक जनार्दन पौडेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरका प्राविधिक सञ्जिव ठाकुर लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्तले सेवाग्राही कार्यालय अपेक्षित रूपमा अझै सेवाग्राही मैत्री हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले उतरी क्षेत्रको ५ गाविसलाई लक्ष्यित गरि एकीकृत घुम्ति शिविरको पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव अानन्द कठायत, एमाले जिल्ला  सचिव मिना लामा, राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नयाँ शक्ति नेपालका जीवन मोक्तान, नेकपाका विनोद रिजाल, क्रान्तिकारी माअोवादीका रामचन्द्र नेपाली, जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारू मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीय उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीयले सिस्नेरीमा पहिलो पटक सार्वजनिक सुनुवाइ भएको भन्दै अागामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg