५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले अपराजित यात्रा कायम गरेको छ । बुधबाररातिको खेलमा दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो ।
बुधबारको खेलमा न्युजिल्याण्डल दक्षिण अफ्रिकालाई ४ विकेटले हरायो ।
उसले आफनो पाचौँ खेलमा चौथो जित निकालेको हो । यसअघि भारतसँगको खेल भने बर्षाका कारण हुन नसकेपाछि दुबैले अंक बाडेका थिए । जितसँगै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।
अफ्रिकाका लागि रसे भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हासिम अमलाले ५० रन जोडे । एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे ।
न्यूजिल्याण्डका लागी बलिङ तर्फ लाचलन फर्गुशनले ३ विकेट लिए ।
२४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले ४८ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा भेट्टायो ।
न्यूजिल्याण्डको जितका लागी कप्तान केन विलियम्सनले शतक प्रहार गरे । उनले अविजित एक सय तीन रन बनाए । यस्तै न्यूजिल्याण्डका लागी ग्राण्डहोमले ६०, मार्टिन गुप्टिलले ३५, निसामले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बुधबारको जितसँगै न्यूजिल्याण्ड शिर्षस्थानमा उक्लिएको छ । (एजेन्सी)
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















