Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीको बजेट ४९ करोड ९० लाख

Makwanpur-Gadi-1561477340.jpg

भीमसेन पौडेल
१० असार, हेटौँडा ।
मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि ४९ करोड ९० लाख ५८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई सभामा आगामी आव ०७६/०७७ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति प्रदान गरे पछि ४९ करोड ९० लाख ५८ हजारको बजेट पेश गरेका हुन् । 
गाउँ सभामा प्रस्तुत भएको नीति कार्यक्रम अनुसार संघिय सरकार वित्तिय समानीकरण अनुदानबाट ९ करोड ८४ लाख, प्रदेश वित्तिय समानीकरण अनुदानबाट १ करोड १ लाख संघिय सरकार राजस्व बाडफाडबाट ७ करोड ९० लाख, खानी खनिज तथा विद्युत रोयल्टी बाडफाँडबाट १ करोड ३२ लाख, प्रदेश सवारी साधन राजस्व बाडफाँडबाट  १ करोड १७ लाख आम्दानी हुने उल्लेख गरिएको छ । 
यसैगरी ढुङगा, गिटी बालुवा, नदीजन्य पदार्थ राजस्व बाडफाँडबाट ४ करोड र आन्तरिक आय तर्फ २ करोड संघिय सरकार शशर्त अनुदान शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १७ करोड १७ लाख, प्रदेश सरकार शशर्त  अनुदान २१ लाख ८७ हजार, संघिय सरकार समपुरक अनुदानबाट २ करोड, प्रदेश सरकार समपुरक अनुदानबाट २ करोड र हेटौडा सिमेन्ट उद्योग शशर्त अनुदानबाट ५० लाख आम्मदानी हुने जनाईएको छ ।
यसैगरी खर्च तर्फ पूँजीगतमा २५ करोड ५६ लाख ७१ हजार र चालु तर्फ २४ करोड ३३ लाख ८७ हजार रहेको छ । 
नीति तथा कार्यक्रमले समग्र मकवानपुरगढीको विकासको परिकल्पना गरेको कार्यक्रममा जानकारी दिईएको थियो । कृषि तथा पशुपालन,दाना उद्योग स्थापना, सहकारी, शिक्षा, पर्यटन लगायतका विकासका पूर्वाधारलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष हुमागाईले बताए ।
यसैगरी सामाजिक विकास, वित्तीय क्षेत्र, सीपमुलक तालिम, विद्यालय दिवा खाजा, स्वास्थ्य, परिवार नियोजन, खानेपानी, सरसफाई,कला, संस्कृति, खेलकुद, सूचना तथा संचार, सिंचाई,विद्युतीकरण, सामुदायिक वन तथा वातावरण लगायतका क्षेत्रहरुलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आवमा ५ वटा भोलुङगे पुल र संघीय सरकार र प्रदेश सरकारको सहयोगमा पक्की पुल समेत बनाउने काम गर्ने अध्यक्ष हुमागाईले बताए ।  
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्वा, प्रमुख प्रशासकिय अधिकृत भीमबहादुर परियार, वडा अध्यक्षहरु, सदस्यहरु, पत्रकार लगायतको सहभागिता थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार