Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कान्ति लोकपथमा बजेट अभाव हुँदैन : मन्त्री लेखक

20161226_152855-1482753387.jpg

११ पुस, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले कान्तिलोकपथ अायोजनामा बजेट अभाव नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रालय र संसद अन्तरगतको विकास समितिले गरेको कान्तिलोकपथ अायोजनाको स्थलगत अनुगमनपछि हेटौंडामा भएको अन्तरक्रियामा बोल्दै मन्त्री लेखकले तोकिएकै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट उपलब्ध हुने बताए ।

उनले ट्रयाक खुलेको ५८ बर्षपछि यसलाई राज्यले प्राथमिकता राखेर २०७१ सालदेखि पर्याप्त बजेट उपलव्ध गराएको बताए । उनले अायोजना अाव ०७४/०७५ भित्र सम्पन्न गर्न बजेट र प्राविधिक पक्षलाई मन्त्रालयले सुष्म ढंगले नियादिरहेको उनको भनाई थियो ।

कार्यक्रममा विकास समितिका सभापति रविन्द्र अधिकारीले अायोजना समयमै सम्पन्न गर्न मन्त्रालय, अायोजना र निर्माण कम्पनीको तदारुकता अावश्यक रहेको बताए । कार्यक्रममा अायोजना प्रमुख देवेन्द्र साहले अायोजना समयमै सम्पन्न गर्न हेटौंडा र ठिंगनमा दुईवटा ईकाई कार्यालय स्थापना गरिने बताए । उनले विद्युत पोल र खानेपानी पाईप स्थानान्तरणमा केही समस्या रहेपनि समन्वय गरेर समाधान गरिने बताए ।

कार्यक्रममा कान्तिलोकिथको मापदण्ड, सरकारी कार्यालयबीचको समन्वय लगायतका बारेमा सहभागीले जिज्ञासा राखेका थिए । कार्यक्रम सांसदहरू उदयशम्सेर राणा, अनन्त पौडेल, राजाराम स्याङ्तान, रामकुमार भट्टराई लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार