Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

खानेपानी सुविधा पाएपछि गाउँले दंग

5-1483885348.jpg

२४ पुस, हेटौंडा । बर्षौंदेखि खानेपानीको समस्या खेप्दै आएका मकवानपुरको हाँडीखोला–४ का सर्वसाधारण अहिले निकै खुसी छन् । ३/४ घण्टा लगाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि दंग छन् ।

खानेपानी आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । हालसम्म २ सय ५० वटा धारा वितरण भएको सिमलताल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हिरालाल स्याङ्तानले जानकारी दिए । ‘बर्षौंदेखि धमिलो र फोहोर पानी खान बाध्य यहाँका बान्दिालाई खानेपानी तथा ढल निकास विभाग तथा डिभिजन खानेपानी कार्यालयको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएपछि धेरै राहत मिलेको छ’, उनले भने, ‘अहिले २५ वटा धारा वितरण भएको छ । धारामा २४ घण्टा नै पानी आइरहेको छ । आवश्यकता अनुसार धारा सङ्ख्या थपिँदै जानेछ ।’

२०६५ सालबाट निर्माण कार्य सुरु गरेको यस आयोजना २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न समस्याको कारण ढिलो भएको उनले जानकारी दिए । ‘हामी अहिले परीक्षणको क्रममा नै रहेका छौं । २४ घण्टै धारामा पानी आउँदा स्थानीय निकै खुसी छन्’, उपभोक्ता समितिका सचिव किरण मोक्तानले जानकारी दिंदै भने, ‘पानी पुग्दो छ । हामी दैनिक २४ घण्टा नै सबैको घरघरमा पुग्ने गरी पानी वितरण गर्न सक्षम छौं ।’ अधिकांश तामाङ समुदायको बाहुल्यता रहेको हाँडीखोला–४ र ३ नम्बर वडाका बासिन्दाले बर्षौंदेखि खेप्दै आएको समस्या हल भएकोमा निकै खुसी लागेको सचिव मोक्तानले सुनाए ।

यसअघि निर्माण भैसकेका खानेपानी ट्याङ्की तथा पाइपहरुमा समेत भूकम्पको कारण क्षती पुगेकोले अहिलेदेखि नै केही समस्या देखिन थालेको भन्दै उनले यस बिषयमा डिभिजन खानेपानी तथा सरसफाई कार्यालयमा जानकारी गराइएको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

गृहमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
Screenshot_20240516_09013-1715829420.jpg

३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...

राष्ट्रियसभा बैठक आज बस्दै
1596282866samsad-1715825396.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।  बैठकमा सार्वजनिक...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
dirgha_lRngsAr7Rp_L6CADlW-1715824470.jpg

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1715823687.jpg

३ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । सभामुख देवराज घिमिरेले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1715822742.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेश सहित...

बागमतीमा मन्त्रालयको संख्या १३ पुग्यो
Capture-1715818461.JPG

३ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । विनाविभागिय मन्त्री व्यवस्थापनको लागि...

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

थप समाचार