८ असोज, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाइनलका दुई खेल सम्पन्न भएका छन् ।
बुधबारको पहिलो खेलमा रियल स्टारलाई ५–१ गोलले हराउँदै बुद्ध युवा क्लब छतिवन सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितका लागि राजन स्याङ्तान, सुरेन्द्र राई, सुरेश थिङ, सुवास ब्लोन र मिलन कार्कीले समान एक एक गोल गरे । रियल स्टारका लागी सुदाश श्रेष्ठले एक गोल फर्काए ।
यसैगरी दोश्रो खेलमा विजय युथलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै एफसी पोताला सेमिफाइनल पुगेको छ । निर्धारित समयमा एक एक गोलको बराबरी भएको खेलमा एफसी पोतालाका सुमन छुमीले सुरुवाती एक मिनेट भित्रै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफामा अर्को कुनै गोल हुन नसकेको अवस्थामा विजय युथका लागी अन्तिम समयमा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै सुरज विष्टले खेल बराबरीमा ल्याएका थिए ।
बुधबारनै भएको तेश्रो तथा अन्तिम क्वाटरर्फानल खेल १–० को अवस्थामा अध्याँरो भएपछि रोकिएको छ । बाँकि खेल भोली विहिबार विहान हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
अन्तिम क्वार्टरफाइनलमा हटिया स्पोर्टस एकेडेमी र शहिद स्मृति फुटबल क्लब विचको खेल १–० को अवस्थामा रोकिएको हो । खेलमा हटिया स्पोर्टस एकेडेमि १ गोलले अगाडी रहेको छ । एकेडेमिका लागी आयुर घलानल गोल गरेका हुन् ।
प्रतियोसिगतामा बुद्ध युवा क्लब छतिवन, डाँफे युथ क्लब र एफसी पोतालाले सेमिफाईनलमा स्थान पक्का गरिसकेका छन् । यसअघि मंगलबारको खेलबाट डाँफे युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
भदौको १८ गतेबाट सुरु भएको जिल्ला लिगको फाइनल खेल असोज ११ गते हुने छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


