Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

मकवानपुरमा एयरपोर्ट निर्माणको तयारी

Indra-Baniya-1485429152.jpg

१३ माघ, हेटौडा । मकवानपुरको हेटौडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विहिबार नागरिक उड्ययन प्राधिकरणको एक टोलीले स्थानीयसँग छलफल गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग छलफल गरेको छ । जाडोयाममा सिमरा र भरतपुर एयरपोर्टमा हुस्सुका कारण उडान नहुने भएकाले बैकल्पिक र विपदको समयमा उद्धारका लागि आकस्मिक एयरपोर्टको रुपमा निर्माण गर्न लागेको राज्यमन्त्री बानियाँले बताए । ‘मकवानपुरमा रहेको रेल मार्गको सम्भव्यता रहेको, बीरगंज भन्सार, आधा दर्जन सडक सञ्जाल, बस्ति विकास, औद्योगिक क्षेत्र लगायतका संरचनाका कारण पनि मकवानपुरमा एयरपोर्ट आवश्यकता छ ।’–उनले भने–‘स्थानीयको साथ लिएर पदमपोखरीमा एयरपोर्ट बनाउने मेरो अठोट छ र बन्छ ।’

छलफलमा स्थानीयले देशकै केन्द्र भागमा रहेको मकवानपुर पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथ, धरान–चतरा जस्ता ठूला सडक सञ्जाल रहेको र दुईवटा औद्योगिक क्षेत्र रहेकाले एयरपोर्टको आवश्यकता रहेको बताएका थिए । छलफलमा मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नागरिक उड्डयन मन्त्रालयका नायव महाप्रवन्धक राजकुमार क्षेत्री, प्रमुख ईन्जिनियर ध्रुव बछिवयाले एयरपोर्टको सम्भाव्यताबारे जानकारी गराएका थिए । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली, मकवानपुरका प्रहरी प्रमुख बसन्तकुमार लामा, नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, नगर सभापति आनन्दराम पराजुली लगायतको सहभागिता रहेको थियो । प्राविधिक टोलीले एयरपोर्टको १.५ किलोमिटर रन–वे र २५ सय मिटर चौडाई रहने बताए । काठमाण्डौंको विमान डाईभर्ट गर्न कम्तिमा ४ किलोमिटर रनवे आवश्यक पर्ने जानकारी गराएको थियो । एयरपोर्टका लागि ७५ करोड देखि १ अर्ब रुपैँया लाग्ने प्राविधिक टोलीको भनाई छ ।

Indra-Baniya1-1485429152.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg