Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

प्रशासकको सरुवाले रोकिन्छ त सडक विस्तार ?

Police-Sadak-1484721244-1485675921.jpg

 

फाइल तस्विर

१६ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको सरुवासंगै हेटौँडा सडक विस्तारको काम रोकिने चर्चा चल्न थालेको छ । 
सडक विस्तार थालकै कारण सरुवा भएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशासकको सरुवासँगै सडक विस्तारको काम रोकिने दावि गरिरहेका छन् । सामाजिक सञ्जालमा सक्रिय २५ मिटर क्षेत्रमा घर संरचना रहेका घरधनी र व्यवसायीले सरुवा भएसँगै खुशी व्यक्त गर्दै अब सडक विस्तार रोकिने पनि दावि गरिरहेका छन् । केहीले सडक विस्तारकै कारण सरुवा हुनु दुःखद भन्दै राजनीतिक हस्तक्षेपको विरोध गरेका छन् । उनीहरुले सडक विस्तारको काम जारी राख्नुपर्ने माग समेत गरिरहेका छन् । 
तर सडक विस्तारकै कारण केसीको सरुवा भएको हैन । प्रशासक केसीको यो नियमित सरुवा हो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले केसीसहित ४ सचिव र १९ सहसचिवको सरुवा गरेको छ । मन्त्रीपरिषद बैठकले उनको बदलीमा शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासक बनाएको छ । मन्त्रीपरिषदले केसीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरे झैं पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराललाई सूचना आयोगमा सरुवा गरेको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कमल शाली घिमिरेलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कानून मन्त्रालय सचिव राजीव गौतमलाई मन्त्रीपरिषद कार्यालयमा सरुवा गरेको छ ।
यो सरुवाले सडक विस्तारमा कुनै असर नपर्ने डिभिजन सडक कार्यालय स्रोतको दावि छ । सडक ऐन संशोधन भएमात्रै विस्तारको काम पूर्ण रुपमा रोकिने स्रोतको भनाई छ । पछिल्लो समय सडक दिएको १५ दिनको थप समय र केही अदालती सुनुवाई सकिएसँगै यो काम अघि बढ्ने जनाईएको छ । मकवानपुरका राजनैतिक दल र उद्योग बाणिज्य संघको दौडधुपका कारण सडक विस्तारको काम केही समय केही ओझेलमा परेसंगै व्यवसायीमा पनि सडक विस्तार रोकिएको भन्ने चर्चा चल्न थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु नियमित झैं व्यापार गरिरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघ पनि अहिले मनहरी महोत्सवको माहौलमा रमाईरहेको व्यवसायीहरुको बुझाई छ ।
केन्द्रीय तहमा कुनै सहमति जुटेर लिखित पत्रचार भए केही समय रोकिन सक्ने भएपनि यो दिर्घकालिन समाधान नहुने सडक कार्यालयमा काम गरेका एक पूर्व कर्मचारीले बताए । ‘अन्य जिल्लामा सडक विस्तारको काम भईरहने, मकवानपुरमा चाही रोकिने हुन्छ होला र?’–उनले भने । प्रशासकको सरुवाले काम गर्ने गति र शैलीमा फरक आएपनि सडक विस्तारको विषय नटुंगिने रहेछ भन्ने कुरा त बर्षौदेखि चर्चा रहेपनि अहिले भत्किएपछि हेटौँडाबासीले बुझ्नुपर्ने ति कर्मचारीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार