Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

निजगढ स्मार्ट सिटि बन्ने, हेटौँडा चाँही ?

Hetauda-Photo-Final-1485761738.jpg

१७ माघ, हेटौँडा । सरकारले बाराको निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने भएको छ । सरकारले निजगढसहित ६ वटा शहरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने भएको हो ।

काठमाण्डौं उपत्यकामा एक र उपत्यका बाहिर ६ वटा स्मार्ट सिटि बनाउने अवधारणा अनुसार निजगढ छनौटमा परेको छ । निजगढसहित लुम्बिनी, पालुङटार, वालिङ, दुल्लु र अमरगढीलाई पनि स्मार्ट सिटिको रुपमा विकास गरिने भएको छ । निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटि बनाउन परामर्शदाता नियुक्त गर्न आशयपत्र माग गरिसकेको नयाँ शहर आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताए । स्मार्ट सिटिमा खानेपानी, स्वास्थ्य, शिक्षा, व्यापार, यातायात लगायतका सबै सेवा सूचना प्रविधिसँग जोडिएको र डिजिटलाईज गरिएको हुन्छ । स्मार्ट सिटिको विकास सँगै व्यवस्थित शहरीकरण अघि बढ्ने छ ।

हेटौँडा भन्दा पछि शहरको रुपमा विकास भएको निजगढ स्मार्ट सिटि बनिरहँदा हेटौँडा भने आफ्नो पुरानो अवस्थाबाट माथि उठ्न सकेको छैन । हेटौँडालाई स्मार्ट सिटिको बनाउने र औद्योगिक जिल्लाको रुपमा विकास गर्ने रटान रटेको बर्षौं भईसक्दा पनि न औद्योगिक जिल्ला घोषणा भयो न स्मार्ट सिटिबारे कतै चर्चा छ । धरान–चतरा, कान्तिलोकपथ, फाष्ट ट्रयाक, पूर्वपश्चिम राजमार्गको संगम रहेको मकवानपुर दुईवटा विद्युत आयोजना र पुरानो औद्योगिक क्षेत्र भएको जिल्ला ओझेलमा पर्दैछ । मकवानपुरमा विकासबारे केन्द्रमा लविङ गर्न दलहरु एक मत नहुँदा मकवानपुर बर्षेनी ओझेलमा पर्दै गएको जानकारहरु बताउँछन् ।

‘हेटौँडाका पुराना अग्रजले जिल्ला छोड्ने क्रम जारी छ, अब हेटौँडा आप्रवासीहरुको शहर मात्रै हुने भएको छ ।’–एक नेताले भने । राजनैतिक दलका नेता र सांसदहरुले बृहत र दिगो विकासका योजना नल्याए छिमेकी शहरहरुको तुलनामा हेटौँडा दिनप्रतिदिन ओझेलमा पर्ने उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार