४ चैत, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्गमा नियमित सवारी संचालन गर्ने ढंगले काम भईरहेको छ । यसका लागि हेटौंडादेखि ललितपुरको सात दोवाटोसम्म विभिन्न भागमा सडक स्तरोन्नतिको काम भईरहेको छ ।
तर यसअघि नै कालोपत्रे भईसकेका कतिपय ठाउँमा सडक भत्कने, चिरा पर्ने र गाडि नै डुब्ने खाल्डा पर्न थालेका छन् । करिब २ बर्ष अघि नै कालोपत्रे भईसकेको हेटौंडादेखि मकवानपुरगढीको लेनडाँडासम्मको सडक कतै भुकम्पले चर्किएका छ भने कतै खानेपानीको पाईप विस्तार गर्ने क्रममा सडकबीचमै ठाउँ ठाउँमा खाल्डो परेका छन् । हेटौंडा–१७ चुच्चेखोला बजारमा भने अहिले गाडि नै डुब्ने खाल्डो बनेको छ । यसअघि ठेक्का सम्झौता भएका दुबै निर्माण कम्पनीले काम सम्पन्न गरेपनि यो क्षेत्रमा भने हिउँदमै गाडि डुब्ने खाल्डो परेको छ ।
मोतिदान कन्स्ट्रक्सनको शुरु विन्दु र बानियाँ निर्माण सेवाको अन्तिम विन्दु रहेको चुच्चेखोलामा कालोपत्रे हुन सकेको छैन । करिब एक सय मिटर सडक स्थानीयको विवादका कारण कालोपत्रे हुन नसक्दा अहिले गाडि डुब्ने खाल्डो परेको छ । दुबै कम्पनीले विवाद भएको क्षेत्र छोडेर आफ्नो काम सम्पन्न गरिसकेका छन् । ‘अहिले हिउँदमा खाल्डो परेर गाडि डुब्ने अवस्था रहेको र धुलोले बस्नै नसक्ने अवस्था उत्पन्न भएको छ ।’–स्थानीय प्रमेश पराजुलीले भने । यथाशिघ्र रोकिएको कालोपत्रे गर्ने काम शुरु गर्न उनले माग गरेका छन् ।
२ दिन अघि कान्तिलोकपथ हुँदै ललितपुर जाँदै गरेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले समस्या रहेका स्थानमा छलफलमार्फत काम अघि बढाउने बताए । चुच्चेखोलामा रोकिएका उनलाई स्थानीयले आफ्नो समस्या राखेका थिए । यस विषयमा मन्त्रालय छलफल पनि भएको बताउँदै उनले छिटै काम अघि बढ्ने विश्वास दिलाए । खाल्डो पानी पोखरी जस्तो बनिसकेको र यस क्षेत्रमा दुर्घटनाको जोखिम बढेको भन्दै यथाशिघ्र समस्या समाधान गर्न स्थानीय शिव गौतमले सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
कान्तिलोकपथमा यो क्षेत्रमा शिवम सिमेन्ट उद्योगका दैनिक २ सय बढि सवारी संचालन हुने गरेको छ भने काठमाडौं जाने साना सवारी समेत संचालन हुने गरेका छन् ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



