२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त रकम, पुरस्कार रकम, क्लबका सदस्यहरूको योगदान तथा स्थानीय जनप्रतिनिधिको आर्थिक सहयोगमा निर्माण भएको क्लब भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजकुमार बास्तोलाले क्लबको भवन निर्माण तथा पूर्वाधार विकासमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको महत्वपूर्ण योगदान रहेको बताए । बानियाँको पहलमा शहरी विकास मन्त्रालय मकवानपुरमार्फत तीन चरणमा गरी ५५ लाख रुपैयाँ विनियोजन भएको क्लबले जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको पहलमा चार चरणमा गरी २७ लाख रुपैयाँ बजेट उपलब्ध भएको छ । प्राप्त बजेटमध्ये क्रमशः ४९ लाख र २४ लाख रुपैयाँ भवन निर्माणमा खर्च गरिएको छ। पुस्तकालय सञ्चालनका लागि ४ लाख रुपैयाँ बराबरको फर्निचर तथा ३ लाख रुपैयाँ बराबरका कम्प्युटर खरिदका लागि पनि सहयोग प्राप्त भएको छ। क्लवमार्फत रक्षादेवी टोललाई नमुना टोलका रूपमा विकास गर्ने अभियानअन्तर्गत हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले वडा कार्यालयबाट २ लाख रुपैयाँ सहयोग प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
क्लबले सामाजिक, वातावरणीय तथा सामुदायिक विकासका क्षेत्रमा विगतदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएको र पछिल्लो समय आफ्नै अत्याधुनिक भवन निर्माणसँगै पुस्तकालय, सूचना प्रविधि तथा सामुदायिक गतिविधिका लागि आवश्यक पूर्वाधार तयार भएपछि नवज्योति क्लब चौघडा यस क्षेत्रको गौरवका रूपमा स्थापित हुने कार्यक्रमका वक्ताहरूले बताए ।
क्लवका अध्यक्ष राजकुमार वास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपपमुख राजेश बानियाँ, क्लवका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ, क्लवका सचिव राजकुमार फुँयाल लगायतले मन्तव्य गरेका थिए ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















