Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ६ नम्बर वडामा विपन्नलाई राहत वितरण

Rahat-Htd-6-(4)-1585647764.jpg

१८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार राहत वितरण गरिएको छ । हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, स्वास्थ्यकर्मी उत्सव चौलागाईसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई राहत वितरण गरेका हुन् । 
हेटौंडा–१० टिसिएनमा रहेको माछभात खाना पसलका संचालक राजकुमार महतोको सहयोगमा प्राप्त १० किलो चामल, २ किलो दाल, नुन, चिनि, तेल, मसला र च्युरासहितको राहत सामग्री वितरण गरिएको थियो । प्रयास टोल विकास संस्था अन्तरगत रहेका दैनिक ज्याला गरी छाक टार्ने, विपन्न परिवार, डेरा गरी बसेर घर जान नसकेका एक विद्याथीलाई र चौघडामा एक परिवारलाई राहत वितरण गरेको वडा सदस्य राजकुमार बास्तोलाले बताए । 
सहयोगदाता महतोले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्न थालेको बताए । उनले हेटौडा, विराटनगर र प्रदेश दुईका विभिन्न जिल्लामा गरी एक सय परिवारलाई राहत सहयोग गर्ने लक्ष्य राखेको बताए । यसका लागि कम्तिमा दुई लाख रुपैंया खर्चिने उनले बताए । विपदको समयमा भएकाले नभएकालाई सहयोग गरेर मानवियता देखाउनुपर्ने उनको भनाई छ । यसरी टोल विकास संस्थाको समन्वयमा घरघरमै पुगेर विपन्नलाई राहत वितरण गर्नु प्रशंसनीय कार्य भन्दै प्रयास टोल विकास संस्थाका अध्यक्ष माधव न्यौपानेले विपन्नलाई यसले ठूलो सहयोग पुग्ने बताए ।
वडा अध्यक्ष चौलागाईले दाताहरुबाट प्राप्त सहयोग र व्यक्तिगत लगानीमा टोल विकास संस्थाहरुले बुझाएको विवरणको आधारमा राहत वितरण थालिएको बताए । ६ नम्बर वडामा यसअघि नेपाली कांग्रेसले रामनगर र चुच्चेखोलामा राहत वितरण गरेको थियो ।
यो पनि पढ्नुस्
अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’

Rahat-Htd-6-(1)-1585648035.jpg
Rahat-Htd-6-(2)-1585648039.jpg
Rahat-Htd-6-(5)-1585648044.jpg
Rahat-Htd-6-(3)-1585648384.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार