१८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार राहत वितरण गरिएको छ । हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, स्वास्थ्यकर्मी उत्सव चौलागाईसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई राहत वितरण गरेका हुन् ।
हेटौंडा–१० टिसिएनमा रहेको माछभात खाना पसलका संचालक राजकुमार महतोको सहयोगमा प्राप्त १० किलो चामल, २ किलो दाल, नुन, चिनि, तेल, मसला र च्युरासहितको राहत सामग्री वितरण गरिएको थियो । प्रयास टोल विकास संस्था अन्तरगत रहेका दैनिक ज्याला गरी छाक टार्ने, विपन्न परिवार, डेरा गरी बसेर घर जान नसकेका एक विद्याथीलाई र चौघडामा एक परिवारलाई राहत वितरण गरेको वडा सदस्य राजकुमार बास्तोलाले बताए ।
सहयोगदाता महतोले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्न थालेको बताए । उनले हेटौडा, विराटनगर र प्रदेश दुईका विभिन्न जिल्लामा गरी एक सय परिवारलाई राहत सहयोग गर्ने लक्ष्य राखेको बताए । यसका लागि कम्तिमा दुई लाख रुपैंया खर्चिने उनले बताए । विपदको समयमा भएकाले नभएकालाई सहयोग गरेर मानवियता देखाउनुपर्ने उनको भनाई छ । यसरी टोल विकास संस्थाको समन्वयमा घरघरमै पुगेर विपन्नलाई राहत वितरण गर्नु प्रशंसनीय कार्य भन्दै प्रयास टोल विकास संस्थाका अध्यक्ष माधव न्यौपानेले विपन्नलाई यसले ठूलो सहयोग पुग्ने बताए ।
वडा अध्यक्ष चौलागाईले दाताहरुबाट प्राप्त सहयोग र व्यक्तिगत लगानीमा टोल विकास संस्थाहरुले बुझाएको विवरणको आधारमा राहत वितरण थालिएको बताए । ६ नम्बर वडामा यसअघि नेपाली कांग्रेसले रामनगर र चुच्चेखोलामा राहत वितरण गरेको थियो ।
यो पनि पढ्नुस्
अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
-1585647764.jpg)









-nepal-1792111426.jpg)







