Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ६ नम्बर वडामा विपन्नलाई राहत वितरण

Rahat-Htd-6-(4)-1585647764.jpg

१८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार राहत वितरण गरिएको छ । हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, स्वास्थ्यकर्मी उत्सव चौलागाईसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई राहत वितरण गरेका हुन् । 
हेटौंडा–१० टिसिएनमा रहेको माछभात खाना पसलका संचालक राजकुमार महतोको सहयोगमा प्राप्त १० किलो चामल, २ किलो दाल, नुन, चिनि, तेल, मसला र च्युरासहितको राहत सामग्री वितरण गरिएको थियो । प्रयास टोल विकास संस्था अन्तरगत रहेका दैनिक ज्याला गरी छाक टार्ने, विपन्न परिवार, डेरा गरी बसेर घर जान नसकेका एक विद्याथीलाई र चौघडामा एक परिवारलाई राहत वितरण गरेको वडा सदस्य राजकुमार बास्तोलाले बताए । 
सहयोगदाता महतोले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्न थालेको बताए । उनले हेटौडा, विराटनगर र प्रदेश दुईका विभिन्न जिल्लामा गरी एक सय परिवारलाई राहत सहयोग गर्ने लक्ष्य राखेको बताए । यसका लागि कम्तिमा दुई लाख रुपैंया खर्चिने उनले बताए । विपदको समयमा भएकाले नभएकालाई सहयोग गरेर मानवियता देखाउनुपर्ने उनको भनाई छ । यसरी टोल विकास संस्थाको समन्वयमा घरघरमै पुगेर विपन्नलाई राहत वितरण गर्नु प्रशंसनीय कार्य भन्दै प्रयास टोल विकास संस्थाका अध्यक्ष माधव न्यौपानेले विपन्नलाई यसले ठूलो सहयोग पुग्ने बताए ।
वडा अध्यक्ष चौलागाईले दाताहरुबाट प्राप्त सहयोग र व्यक्तिगत लगानीमा टोल विकास संस्थाहरुले बुझाएको विवरणको आधारमा राहत वितरण थालिएको बताए । ६ नम्बर वडामा यसअघि नेपाली कांग्रेसले रामनगर र चुच्चेखोलामा राहत वितरण गरेको थियो ।
यो पनि पढ्नुस्
अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’

Rahat-Htd-6-(1)-1585648035.jpg
Rahat-Htd-6-(2)-1585648039.jpg
Rahat-Htd-6-(5)-1585648044.jpg
Rahat-Htd-6-(3)-1585648384.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार