File Photo
२४ चैत, हेटौंडा । हेटौंडाका केही एम्बुलेन्सले विरामी बोक्न आनाकानी गर्ने गरेको पाईएको छ । अहिले हेटौंडा अस्पतालमा एम्बुलेन्स पाउन छोडेको छ भने भएका एम्बुलेन्सले पनि विभिन्न बहाना बनाएर विरामी बोक्न आनाकानी गर्ने गरेका छन् ।
विरामी बोक्ने एम्बुलेन्स बरु ‘मेडिकल स्टाफ’ बोक्न प्रयोग पाईएको छ । मेडिकल स्टाफका सवारी संचालनमा प्रशासनले कुनै रोक नलगाएपनि कतियपय मेडिकल स्टाफ एम्बुलेन्समा आउने र एम्बुलेन्सहरु विरामी बोक्न छोडेर मेडिकल स्टाफ कुरेर बसेको पाईएको छ । सोमबार दिउँसो हेटौंडाको सहकारी अस्पतालको एम्बुलेन्सले विरामी नबोकेर भागेको छ । हेटौंडा–१७ का ६ बर्षीय सन्तोष कार्कीको आँखाको चोट लागेपछि अस्पतालले काठमाडौं रिफर गरेपछि एम्बुलेन्सको खोजी भएको थियो ।
अस्पतालकै सामाजिक सेवा इकाईकी एक कर्मचारीले चिकित्सकको सुझाव अनुसार हेटौंडा अस्पतालको एम्बुलेन्स चालकलाई आग्रह गर्दा उनी बाहाना बनाएर त्यहाँबाट एम्बुलेन्स लिएर अस्पतालबाट बाहिरिए । केहीबेरपछि सहकारी अस्पतालको एम्बुलेन्स खाली आएर अस्पताल अगाडि रोकियो । एम्बुलेन्स चालक एम्बुलेन्सभित्रै गीत बजार सिटमा बसिरहे । त्यसपछि ति कर्मचारीले ति चालकलाई विरामी लैजान पटक पटक आग्रह गरिन् । तर उनी मानेन् । त्यही रहेका प्रष्टखबरकर्मीले ति कर्मचारीलाई सोध्दा चालकले स्टाफ लिन आएकोले जान नसक्ने बतायो । आर्थिक अवस्था कमजोर ति बालकको उपचारका लागि सहयोग गर्न जम्मा भएका दुई संचारकर्मी र आर्थिक सहयोग गर्न आईपुगेका समाजसेवी युवा विकेशलाल श्रेष्ठले यो घटना हेरिरहेका थिए ।
त्यसपछि उपचारमा ढिलो नहोस् भन्ने उद्धेश्यले काठमाडौं जाने खाली गाडि समन्वयका लागि संचारकर्मीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकलाई फोनमार्फत अनुरोध गरे । पाठकले चौकीटोल प्रहरी चौकीमा काठमाडौं जाँदै गरेको स्कोर्पियो रोकिराखेर अस्पताल आईपुगे । प्रहरी आएको देखेपछि तत्काल सहकारी अस्पतालका एम्बुलेन्स चालक त्यहाँबाट हतार हतार भाग्न खोजपछि संचारकर्मी र प्रहरीले उनलाई विरामी लिएर जान अनुरोध गरे । तर ति चालक विरामीको फोन आयो भन्दा त्यहाँबाट फरार भए । संचारकर्मी, श्रेष्ठ र प्रहरी निरीक्षक पाठकले ति बालककी आमा र छिमेकी महिलालाई प्रहरी भ्यानमा राखेर चौकिटोलमा पुर्याई प्राईभेट स्कोर्पियो चढाई प्रहरीको समन्वय तिलगंगा आँखा अस्पताल पुर्याउने व्यवस्था मिलायो । संचारकर्मीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई घटनाबारे जानकारी दिएपछि एम्बुलेन्सले विरामी बोक्न आनाकानी गर्न नमिल्ने बताउँदै यसबारे आफुले सम्बन्धित निकायलाई सोध्ने बताए ।
हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले अस्पतालका दुबै एम्बुलेन्स चालकलाई फोन गरी घटनाबारे बुझ्दा दुबैले घटनाबारे अनविज्ञता देखाएका थिए । पौडेलले चिकित्सकलाई ल्याउन र पुर्याउन छुट्टै गाडिको व्यवस्था गरेको भन्दै कमजोरी गर्नेलाई सचेत गर्ने बताए । उनले सबैको सहयोगमा अस्पताल राम्रो बनाउने प्रयास भईरहेको भन्दै मंगलबार यसबारे बैठक राखेर बुझ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल भेटिएका अरु विरामीका आफन्तले पनि केही एम्बुलेन्स चालकले फोन नउठाउने, घरमा छु भन्ने, भ्याउँदिन भन्ने जस्ता जवाफ दिएर हैरान बनाएको गुनासो गरे ।
लकडाउनमा अन्य सवारी संचालन गर्न नमिल्ने र एम्बुलेन्सले दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ । राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्न एम्बुलेन्स चालकलाई कारवाही गर्न अस्पताल प्रशासन र जिल्ला प्रशासन कार्यालयले ध्यान नदिने अस्पताल लैजान नपाएर विरामी मर्ने अवस्था आउने विरामीका आफन्तले बताए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
