Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने

Hetauda-Hospital-1586184327.jpg

File Photo

२४ चैत, हेटौंडा । हेटौंडाका केही एम्बुलेन्सले विरामी बोक्न आनाकानी गर्ने गरेको पाईएको छ । अहिले हेटौंडा अस्पतालमा एम्बुलेन्स पाउन छोडेको छ भने भएका एम्बुलेन्सले पनि विभिन्न बहाना बनाएर विरामी बोक्न आनाकानी गर्ने गरेका छन् । 
विरामी बोक्ने एम्बुलेन्स बरु ‘मेडिकल स्टाफ’ बोक्न प्रयोग पाईएको छ । मेडिकल स्टाफका सवारी संचालनमा प्रशासनले कुनै रोक नलगाएपनि कतियपय मेडिकल स्टाफ एम्बुलेन्समा आउने र एम्बुलेन्सहरु विरामी बोक्न छोडेर मेडिकल स्टाफ कुरेर बसेको पाईएको छ । सोमबार दिउँसो हेटौंडाको सहकारी अस्पतालको एम्बुलेन्सले विरामी नबोकेर भागेको छ । हेटौंडा–१७ का ६ बर्षीय सन्तोष कार्कीको आँखाको चोट लागेपछि अस्पतालले काठमाडौं रिफर गरेपछि एम्बुलेन्सको खोजी भएको थियो ।
अस्पतालकै सामाजिक सेवा इकाईकी एक कर्मचारीले चिकित्सकको सुझाव अनुसार हेटौंडा अस्पतालको एम्बुलेन्स चालकलाई आग्रह गर्दा उनी बाहाना बनाएर त्यहाँबाट एम्बुलेन्स लिएर अस्पतालबाट बाहिरिए । केहीबेरपछि सहकारी अस्पतालको एम्बुलेन्स खाली आएर अस्पताल अगाडि रोकियो । एम्बुलेन्स चालक एम्बुलेन्सभित्रै गीत बजार सिटमा बसिरहे । त्यसपछि ति कर्मचारीले ति चालकलाई विरामी लैजान पटक पटक आग्रह गरिन् । तर उनी मानेन् । त्यही रहेका प्रष्टखबरकर्मीले ति कर्मचारीलाई सोध्दा चालकले स्टाफ लिन आएकोले जान नसक्ने बतायो । आर्थिक अवस्था कमजोर ति बालकको उपचारका लागि सहयोग गर्न जम्मा भएका दुई संचारकर्मी र आर्थिक सहयोग गर्न आईपुगेका समाजसेवी युवा विकेशलाल श्रेष्ठले यो घटना हेरिरहेका थिए । 
त्यसपछि उपचारमा ढिलो नहोस् भन्ने उद्धेश्यले काठमाडौं जाने खाली गाडि समन्वयका लागि संचारकर्मीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकलाई फोनमार्फत अनुरोध गरे । पाठकले चौकीटोल प्रहरी चौकीमा काठमाडौं जाँदै गरेको स्कोर्पियो रोकिराखेर अस्पताल आईपुगे । प्रहरी आएको देखेपछि तत्काल सहकारी अस्पतालका एम्बुलेन्स चालक त्यहाँबाट हतार हतार भाग्न खोजपछि संचारकर्मी र प्रहरीले उनलाई विरामी लिएर जान अनुरोध गरे । तर ति चालक विरामीको फोन आयो भन्दा त्यहाँबाट फरार भए । संचारकर्मी, श्रेष्ठ र प्रहरी निरीक्षक पाठकले ति बालककी आमा र छिमेकी महिलालाई प्रहरी भ्यानमा राखेर चौकिटोलमा पुर्याई प्राईभेट स्कोर्पियो चढाई प्रहरीको समन्वय तिलगंगा आँखा अस्पताल पुर्याउने व्यवस्था मिलायो । संचारकर्मीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई घटनाबारे जानकारी दिएपछि एम्बुलेन्सले विरामी बोक्न आनाकानी गर्न नमिल्ने बताउँदै यसबारे आफुले सम्बन्धित निकायलाई सोध्ने बताए । 
हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले अस्पतालका दुबै एम्बुलेन्स चालकलाई फोन गरी घटनाबारे बुझ्दा दुबैले घटनाबारे अनविज्ञता देखाएका थिए । पौडेलले चिकित्सकलाई ल्याउन र पुर्याउन छुट्टै गाडिको व्यवस्था गरेको भन्दै कमजोरी गर्नेलाई सचेत गर्ने बताए । उनले सबैको सहयोगमा अस्पताल राम्रो बनाउने प्रयास भईरहेको भन्दै मंगलबार यसबारे बैठक राखेर बुझ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल भेटिएका अरु विरामीका आफन्तले पनि केही एम्बुलेन्स चालकले फोन नउठाउने, घरमा छु भन्ने, भ्याउँदिन भन्ने जस्ता जवाफ दिएर हैरान बनाएको गुनासो गरे । 
लकडाउनमा अन्य सवारी संचालन गर्न नमिल्ने र एम्बुलेन्सले दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ । राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्न एम्बुलेन्स चालकलाई कारवाही गर्न अस्पताल प्रशासन र जिल्ला प्रशासन कार्यालयले ध्यान नदिने अस्पताल लैजान नपाएर विरामी मर्ने अवस्था आउने विरामीका आफन्तले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

थप समाचार