Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंशगोपाल दुग्ध सहकारीमा पुनः न्यौपाने

Bansha-Gopal-Dairy-1575123087.jpg

१४ मंसीर, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा पुनः श्यामप्रसाद न्यौपाने चयन भएका छन । संस्थाको शनिवार सम्पन्न भएको २८ औं वार्षिक साधाराणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधीमा बासुदेव अधिकारी, सदस्यहरुमा खडानन्द चौलागाई, सूर्यप्रसाद दुलाल, रामप्रसाद गौतम ,केशवप्रसाद चौलागाई, रामलिला श्रेष्ठ, रुद्रकमारी सापकोटा र रामकुमारी देवकोटा चयन भएका हुन । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा जयराम घिमिरे, सदस्यहरुमा दिलिपकुमार सुवेदी र शिवराम आचार्य रहेका छन् । 
यसअघि भएको उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा समितिकी संयोजक सुमित्रा नयौपानेले लेखासमितिको प्रतिवेदन, कृषक हितकोषका संयोजक खडानन्द चौलागाईले कृषक हितकोषको प्रतिवेदन र व्यवस्थापक लक्ष्मण सापकोटाले आर्थिक प्रतिवेदन र उपाध्यक्ष मुकुन्द अधिकारीले पशुवीमाको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा ज्येष्ठ शेयर सदस्य गंगाप्रसाद सिग्देल, बढी दूध विक्री गर्ने रजत श्रेष्ठ,बासुदेव अधिकारी, केदार दाहाल, गुणस्तरीय दूध विक्री गर्ने हरिवोल बर्तौला, गोठ सफा राख्ने मन्जु डोटेल, भाडा सफा राख्ने दिलकुमारी अधिकारी लगायतकालाई सम्मान गरिएको थियो  । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
भेलामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका सल्लाहकार बासुदेव सापकोटा, साधुराम चौलागाई, बालकृष्ण चौलागाई, नारायणी दुग्ध उत्पादक सहकारीका अध्यक्ष ईन्द्रमणी गौतम, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पोडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरब पराजुली, मक्रान्चुली सहकारीका अध्यक्ष रामहरी न्यौपाने, रानी सामुदायिक वनका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार