Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न

IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । 
हेटाैंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यता एवं सहकारीका अध्यक्ष रामहरी चाैलागाईकाे सभाध्यक्षतामा साधारणसभा भएको हाे ।
साधारणसभालाई सम्वाेधन गर्दै मेयर लामाले दुग्ध  उत्पादक किसानले दूधकाे उत्पादनमा गरेकाे काम प्रशंसनीय रहेको बताइन् ।
अहिले नगरकाे धेरै वडामा दुग्ध उत्पादन र विभिन्न  कृषि सम्वन्धी काममा उपमहानगरपालिकाले सहयाेग गरेकाे बताउँद‌ै भाेलीका दिनहरुमा समेत सहयाेगले निरन्तरता पाउने बताइन् । उपमहानगरपालिकाले प्रविधिमैत्री, किसानमैत्री र कृषिमैत्री कार्यक्रमलाई जाेड दिएकाे उनको भनाई छ । 
साधारणसभामा संस्था अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, संस्था उपाध्यक्ष एवं कृषक हितकाेषका संयाेजक केशव धितालले हितकाेषकाे प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयाेजक जयराम घिमिरेले  लेखा समितिकाे प्रतिवेदन र पशु स्वास्थ्य समितिका संयाेजक सूर्यप्रसाद दुलालले पशु स्वास्थ्यसम्वन्धी प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाकाे अवसरमा विभिन्न विधाका उत्कृष्ट  किसान बचतकर्ता, ऋणी, सञ्चारकर्मी, कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियाे । उत्कृष्ट  ऋणीतर्फ खिलकुमारी सुवेदी, देवकी तिवारी, उत्कृष्ट  बचतकर्ता ध्रुवराज शर्मा, राेशना नेपाल र रामहरी राईलाई पुरस्कृत गरिएको थियाे । यसैगरी, बढी दूध विक्री र पशुआहार खरिद गर्ने बासुदेव अधिकारी र अशिष मल्ल, बढी पशु आहार खरिद गर्ने रामनाथ बास्ताेला, बढी दूध विक्री गर्ने रामकृष्ण दुलाल, गुणस्तरीय दूध विक्री गर्ने सूर्यप्रसाद दुलाल र श्यामप्रसाद न्याैपानेलाई समेत पुरस्कृत गरिएको थियाे । 
साधारणसभामा भाडा सफा गर्ने शारदा तिमल्सिना, गाेठ सफा राख्ने गिता भट्टराईलाई पुरस्कृत गरिएको  थियाे ।
संस्थाले गरेका विभिन्न कार्यहरुकाे प्रचार प्रसार गराई संस्थाकाे लाेकप्रियता बढाउन महत्त्वपूर्ण  याेगदान गरेकाले सञ्चारकर्मी कपिल खडकालाई समेत साधारणसभामा सम्मान गरिएको  थियाे  । साधारणसभामा संस्थाका ब्यवस्थापक लक्ष्मण सापकाेटा, सहायक रामकृष्ण  दुलाल र बलराम सञ्जेललाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको  थियाे । 
साधारणसभामा हेटाैंडा उपमहानगरपालिका ६ नं वडा अध्यक्ष विष्णुबहादुर दाहाल, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायणप्रसाद देवकोटा, पुर्व  अध्यक्ष बासुदेव अधिकारी, बासुदेव सापकाेटा, साधुराम चाैलागाई, श्यामप्रसाद न्याैपाने, केशवप्रसाद सञ्जेल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना, नारायणी  दुग्ध  सहकारी  अध्यक्ष शिवप्रसाद सञ्जेल, चाैघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनकी काेषाध्यक्ष गाेमा लामिछाने, मकवानपुर जिल्ला दुग्धकर्मी बचत तथा ऋण  सहकारी संघका सल्लाहकार कुमारमणी दहाल, पत्रकार, शेयर सदस्य लगायतकाे आतिथ्यता रहेकाे थियाे । 
संस्थाका व्यवस्थापक लक्ष्मण सापकाेटाका अनुसार संस्थामा ३ सय ३० जना शेयर सदस्य आवद्व रहेका छन् भने शेयर पूजी १२ लाख ८४ हजार नाै सय रहेकाे छ । संस्थाले दुग्ध खरिद, बिक्रि, पशु आहार खरिद विक्री, पशु विमा लगायतका काम गर्दै आएकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार