१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाकाे शनिवार सम्पन्न भएकाे १८ औं वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेकाे हाे ।
उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा तारानाथ चाैलागाई र काेषाध्यक्षमा शुभद्रा काेईराला चयन भएका छन् । सदस्यहरुमा रामचन्द्र अधिकारी, राजकुमार कायस्थ, सुवाेध कुमार भट्टराई, पुष्पाकुमारी जाेशी र गाेमा लामिछाने चयन भएका छन् । लेखा समितिकाे संयाेजकमा विजयकुमार हुमागाई र सदस्यमा बुद्वरत्न मानन्धर चयन भएका छन् ।
नयाँ सञ्चालक र लेखा सुपरिवेक्षण समितिकाे निर्वाचन गर्नका लागि अर्जुनप्रसाद चाैलागाई संयाेजक र रविन्द्रकुमार गाैतम, भीमसन पाैडेल सदस्य रहेकाे ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियाे ।
त्यसअघि, साधारणसभामा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवेदन, काेषाध्यक्ष शुभद्रा काेईरालाले आर्थिक प्रतिवेदन र लेखा संयाेजक सुवाेधकुमार भट्टराईले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ संस्थापक सदस्य ध्रुव कार्की, उत्कृष्ट ऋणी किरण झा, कुलराज श्रेष्ठ, उत्कृष्ट बचतकर्ता सुरज न्याैपाने र सुनिता पाैडेल, २०८२ सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने ईच्छा श्रेष्ठ, सन्दिप चाैलागाई र सज्जित लामिछाने, बाल बचतकर्ता राेजा श्रेष्ठ र आदर्श थापा मगरलाई पुरस्कृत गरिएको थियाे ।
हेटाैडा-६ का वडा अध्यक्ष एवं शेयर सदस्य विष्णुबहादुर दाहालकाे प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएकाे थियाे ।
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


















