Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ

IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाकाे शनिवार सम्पन्न भएकाे १८ औं वार्षिक  साधारणसभा तथा अधिवेशनले श्रेष्ठकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेकाे हाे ।
उपाध्यक्षमा त्रिविक्रम मानन्धर, सचिवमा तारानाथ चाैलागाई र काेषाध्यक्षमा शुभद्रा काेईराला चयन भएका छन् । सदस्यहरुमा रामचन्द्र अधिकारी, राजकुमार कायस्थ, सुवाेध कुमार भट्टराई, पुष्पाकुमारी जाेशी र गाेमा लामिछाने चयन भएका छन् । लेखा समितिकाे संयाेजकमा विजयकुमार हुमागाई  र सदस्यमा बुद्वरत्न मानन्धर चयन भएका छन् ।
नयाँ सञ्चालक र लेखा सुपरिवेक्षण समितिकाे निर्वाचन गर्नका लागि अर्जुनप्रसाद  चाैलागाई संयाेजक र रविन्द्रकुमार गाैतम, भीमसन पाैडेल सदस्य रहेकाे ३ सदस्यीय  निर्वाचन उपसमिति  गठन गरिएको  थियाे ।
त्यसअघि, साधारणसभामा संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठले  संस्थागत प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवेदन, काेषाध्यक्ष शुभद्रा काेईरालाले आर्थिक प्रतिवेदन र लेखा संयाेजक सुवाेधकुमार भट्टराईले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ  संस्थापक सदस्य ध्रुव कार्की, उत्कृष्ट ऋणी किरण झा, कुलराज श्रेष्ठ, उत्कृष्ट बचतकर्ता सुरज न्याैपाने र सुनिता पाैडेल, २०८२ सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने  ईच्छा श्रेष्ठ, सन्दिप चाैलागाई र सज्जित लामिछाने, बाल बचतकर्ता राेजा श्रेष्ठ  र आदर्श थापा मगरलाई पुरस्कृत गरिएको  थियाे ।
हेटाैडा-६ का वडा अध्यक्ष  एवं शेयर सदस्य  विष्णुबहादुर  दाहालकाे प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष  विजयकुमार  श्रेष्ठको  सभाध्यक्षतामा साधारणसभा भएकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार