Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुईदिन कोटेश्वर सूर्यविनायक सडकमा यातायात प्रभावित हुने

Baktapur-Road-1575471866.jpg

१८ मंसिर, काठमाडौं । काठमाडौंको कोटेश्वर र भक्तपुरको सूर्यविनायकसम्मको सडकमा चल्ने यातायात दुई दिन प्रभावित हुने भएको छ ।
१३ औँ साग खेलकुद अन्तरगत साईक्लिङ प्रतियोगिता हुने भएकाले कोटेश्वर क्षेत्रमा यातायात प्रभावित हुने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै मंसिर २० र २१ गते दिउँसोको समयमा कलंकीदेखि सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्मको सडकमा अति नै आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरु नचलाईदिन अनुरोध गरेको छ । 
ट्राफिकले मंसिर २० गते शुक्रबार साईक्लिङ प्रतियोगिता कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म हुने भएकाले दायाँ बायाँको सर्भिस लेनमा मात्रै सवारी चलाउन अनुरोध गरेको छ । त्यस्तै, मंसिर २१ गते शनिबार कलंकीदेखि सातदोबाटो, कोटेश्वर हुँदै सूर्यविनायकसम्मको लामो अर्को साईक्लिङ प्रतियोगिता संचालन हुने भएकाले उक्त सडक खण्डको दायाँ बायाँको सर्भिस लेनमा मात्रै सवारी चलाउन अनुरोध गरेको छ । 
शनिबार कोटेश्वरबाट सिधैं जगातीतर्फ जाने सवारी जडिबुटी चोकबाट पेप्सीकोलातर्फ हुँदै पुरानो थिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगाती चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 
सबै लेनमा सवारी संचालन हुँदा सधै जाम हुने त्यस क्षेत्रमा सर्भिस लेनमा मात्रै सवारी संचालन हुँदा सवारी पूर्ण रुपमा प्रभावित हुने निश्चित छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार