Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

घुस लिएको फोटो खिच्दा पत्रकारमाथी दुरब्यवहार

Ghus-1575511457.jpg

१९ मंसिर, जनकपुर । नेपाल भारत सीमामा पर्ने जनकपुरधामस्थित जटही छोटी भन्सारका कर्मचारीले पत्रकारलाई कार्यालयमा थुनेर दुरब्यवहार गरेका छन् ।
जटही भन्सारका कार्यालय सहयोगी राम बहादुर कापरले सेवाग्राहीसगँ घुस लिदै गरेको फोटो खिच्दा नेपाल समाचारपत्रका सिरहा संवाददाता शुभेन्दर दासलाई त्यहाँ कार्यरत कर्मचारीहरुले दुरब्यवहार समाचार नेपाल समाचारपत्रमा छ ।
कार्यालय सहयोगीहरुले जटही छोटि भन्सारमा खुल्लामखुल्ला घुस लिने गरेको जनगुनासो बढेपछि दास स्थलगत रिपोर्टिङका लागि भन्सार कार्यालय पुगेका थिए । उक्त भन्सार कार्यालयमा कार्यारत सहयोगीहरु कापर, वैजनाथ लाल कर्ण, निर बहादुर कटुवाल र विजय मण्डलले सेवाग्राहीसगँ अनाधिकृत रुपमा उठाएको पैसा प्रत्येक दिन बेलुकी सबै कर्मचारीलाई दामासाही रुपमा बाँड्ने गरेको बताएका छन् ।
कार्यालय सहयोगी हरुका अनुसार जटही छोटी भन्सारमा नायव सुब्बा श्याम मण्डल प्रमुख छन् । त्यस्तै नायव सुब्बा नविन कुमार पाण्डे उक्त छोटी भन्सारका ईञ्चार्जका रुपमा कार्यरत छन् । त्यस्तै अर्का नायव सुब्बा अहमद रजा अन्सारी पनि यहि छोटी भन्सारमा कार्यारत छन् भने राज किशोर साह कम्प्युटर अपरेटरका रुपम कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं र सिरहा शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जटही छोटी भन्सारमा पत्रकारमाथी कर्मचारीले गरेको दुब्र्यवहारको भत्सर्ना गरेको छ । विज्ञप्तिमा पत्रकारमाथी दुब्र्यवहार गर्ने जटही छोटि भन्सारका सबै कर्मचारीलाई तत्काल कार्वाही गर्न सरकार सगँ माग गरेको छ ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका कार्यालय प्रमुख नारायण सापकोटाले जटही छोटी भन्सारमा खुल्लाम खुल्ला सेवाग्राहीहरु सँग अनाधिकृत रकम असुल गर्ने गरेको दर्जन भन्दा बढि उजुरी परेको बताउँदै उक्त भन्सार कार्यालयमा अख्तियारले सुक्ष्म निगरानी बढाएको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

थप समाचार