२१ मंसिर, हेटौँडा । हेटौँडा–५ मा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भेलामा संस्थाका अध्यक्ष देविप्रसाद दाहालले संस्थागत प्रतिवेदन, सचिव भोलानाथ ढुंगानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आव ०७६/०७७ का लागि ५ करोड २१ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । संस्थाले आव ०७५/०७६ मा ४ करोड ४७ लाखको कारोबा गरेको थियो ।
भेलामा ज्येष्ठ शेयर सदस्य दिलमाया ठकुरी, कला गुरुङ, रेणु श्रेष्ठ, लालबहादुर बजगाई, धनमाया बुढाथोकी र सावित्रि राईलाई सम्मान गरिएको थियो । यसैगरी, असल बचतकर्तामा सावित्रि राई र असली कारोबारीमा तिर्थमाया राईलाई सम्मान गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष देविप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडा सदस्य ज्ञानबहादु थापा, भूपू सैनिक मिलन सहकारीका कोषाध्यक्ष ताराप्रसाद अधिकारी, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ५ का सचिव सुधिर थापा, संस्थाका कार्यसमिति सदस्य टिएन ढुंगेल, शेयर सदस्य देविप्रसाद गौतम, सरिता भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







