Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर ट्राफिकद्वारा एकैदिन ५० अटो र मयुरी नियन्त्रणमा

चालक भन्छन्–‘ट्राफिकको नौटंकी हो’

Auto-n-Rikshaw-1575903723.jpg

२३ मंसिर, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सोमबार ५० अटो र मयुरी नियन्त्रणमा लिएको छ । चालक अनुमति पत्र (लाईसेन्स) नभएका ५० अटो र मयुरी नियन्त्रणमा लिएको हो ।
बजारमा यति ठूलो संख्यामा सवारी चालक अनुमति पत्र नभएका अटो र मयुरी नियन्त्रणमा लिएको यो पहिलो पटक भएको व्यवसायीले जनाएका छन् । यसअघि विना चालक अनुमति पत्र अटो र मयुरी चलाउन दिएको ट्राफिक प्रहरीले अहिले किन एकसाथ सवारी नियन्त्रणमा लिएको हो भन्ने आफुहरुले बुझ्न नसकेको उनीहरुको भनाई छ । 
यसअघि कहिलेकाही चेकजाँचका क्रममा भेटेका केही सवारीलाई जरिवाना गरेर छोड्ने गरेको थियो । विगतमा अनुमति पत्र विना सवारी संचालनमा कडाई नगरेको ट्राफिकको यो कदमलाई केहीले शंकाको दृृष्टिकोणले हेरेका छन् । ‘पहिला किन वेवास्ता भयो, आज किन एकैपटक यति ठूलो संख्यामा अटो र मयुरी समातियो यो शंकाको विषय छ ।’–अनुमतिपत्रसहित सवारी चलाईरहेका एक चालकले भने । उनले यसलाई ट्राफिकको नौटंकीको संज्ञा दिएका छन् । ‘आज काम गरेको जस्तो गर्ने र भोलीदेखि आँखा चिम्लने काम हो, अरु केही हैन ।’–अर्का चालकले भने–‘कानूनले हैन मुड अनुसार काम गर्छ ट्राफिक ।’
यता ट्राफिक प्रहरीले भने पक्राउ गरेका सबै सवारी चालकलाई मंगलबार ट्राफिक सम्बन्धी प्रशिक्षण दिएर छाड्ने तयारी गरेको जनाएको छ । उनीहरुलाई ट्राफिक नियमबारे जानकारी दिने र चालक अनुमति पत्र बनाउन निर्देशन दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताए ।
नियन्त्रणमा लिएर सवारीहरु
ना२ह ३५७०, प्रदेश ३–०३–००१ह ११०, प्रदेश ३–०३–००१ह २२८, ना२ह २३८२, ना२ह ४६८६, प्रदेश ३–०३–००१ह ००४१, ना१ह २११२, ना१ह ५६५९, ना१ह १७४७, प्रदेश ३–०३–००१ह ०१६८, ना२ह १२८३, ना१ह ५७१९, प्रदेश ३–०३–००१ह ०१५३, ना१ह १६४३, ना२ह १८८४, ना२ह ४०६०, ना२ह ८२२८, ना१ह २२७७, ना२ह ४३५०, ना१ह ५०१४, ना२ह १०४०, ना२ह ३५३६, ना२ह ९६९६, ना१ह ९१२७, ना२ह १०४२, ना१ह १६७८, ना१ह १६६७, ना१ह ५०५१, प्रदेश ३–०३–००१ह ००९२, ना१ह ६८०६, ना२ह ६५५३, ना२ह ३४६, ना१ह ३५७१, ना१ह ४३०९, ना२ह ५५१०, ना१ह १४०४, ना१ह ३५३७, ना१ह ९४३७, ना१ह ४२४२, ना२ह ५८७५, प्रदेश ३–०३–००१ह ००८१, ना१ह ७४२७, प्रदेश ३–०३–००१ह १६४, ना१ह ९६६५, ना१ह १९०९, ना१ह ७८७५, ना१ह ६९९९, ना१ह ५२९५, ना२ह ४६८९, प्रदेश ३–०३–००१ह ००४४, प्रदेश ३–०३–००१ह १३२२, ना२ह २९५१


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार