२६ मंसिर, हेटौँडा । उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा माग्ने समूहका ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बाराको एक इटा उद्योगका संचालकलाई उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा रकम माग्ने ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ४ का ३१ बर्षीय प्रमोद साह गोढ, २० बर्षीय देव शंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का २० बर्षीय अच्छेलाल गोसाई र फेटा गाँउपालिका वडा नम्बर ३ का ३९ बर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन् ।
गोढले बारा परवानीपुर गाउँपालिका वडा नम्बर ४ मा रहेको एमएस इट्टा उद्योगका संचालक कलैयाका मनोज प्रसाद साह तेलीलाई १५ लाख रुपैँया रकम मागेका थिए । तर रकम नदिएपछि गोढले कार्तिक ४ गते इटा उद्योगमा विष्फोट गराई रकम नदिए परिवार समेतलाई खतरा हुने फोन र एसएमएसमार्फत धम्की दिएका थिए । उक्त समूहले परवानिपुर गाउँपालिका वडा नम्बर ४ स्थित चैनपुरमा ३ लाख रुपैँया लिएर आउनु भनेको उजुरीको आधारमा पुगेको इलाका प्रहरी कार्यालय सिमराको टोलीले रकम लिन आएका ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत बाराबाट अपराधिक लाभ कसुर मुद्दामा आवश्यक अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ । पक्राउ परेकाहरु यसअघि पनि रकम असुलिमा संलग्न रहेको जनाईएको छ ।
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






