Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीले पक्राउ गर्यो १० किलो चरेश सहित पटेल र मियालाई

IMG_20191213_084236-1576206054.jpg

पक्राउ परेकाको बारेमा जानकारी गराउदै मकवानपुर प्रहरी प्रमुख सिंह

२७मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार बिहान पत्रकार भेटघाटको आयोजना गर्दै १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको जनाएको हो।प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले भैसे भिमफेदी सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका २ स्थित मा भिमफेदीबाट हेटौंडा तर्फ आउदै गरेको बा ४० प ७२४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लुकाइ छिपाई ल्याएको अवस्थामा  १० किलो २५० ग्राम चरेश सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका ७ बस्ने मोटरसाइकल चालक अरबिन्द कुमार पटेल र मोटरसाइकलमा सवार बारा आदर्श कोतवाल गाउँपालिका १ बस्ने सुल्तान मिया अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जनाएका छन्।

निजहरुले उक्त परिणामको चरेश कालो झोलामा प्लास्टिकले टेपले बेरेर १० वटा पोका बनाएर ल्याएको अवस्थामा पक्राउ गरेको उपरीक्षक सिंहले पत्रकार भेटघाटमा बताएका छन्।उनिहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार