Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको भेलामा १६ जना सम्मानित

Rani-Ban-1576335737.jpg

२८ मंसिर, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विद्यामा उत्कृष्ठ काम गर्ने १६ जनालाई सम्मानित गरेको छ । समूहको शनिवार भएको २३ औं वार्षिक साधारणसभामा १६ जनालाई सम्मान गरेको हो । 
समूहले ज्येष्ठ उपभोक्ता चुडामणी ढुङगाना र सावित्री ढकाल, सालक संरक्षणमा सहयोग गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, समूहलाई विभिन्न क्षेत्रहरुमा सहयोग गर्ने सव डिभिजन वन कार्यालय हेटौडाका वनरक्षक दिपेन्द्र राई, समुहको विधान तथा कार्ययोजनाम पुनरावलोकनमा सहयोग गर्ने निश्चल घिमिरे र अनुप पोखरेललाई सम्मान गरिएको थियो । यसैगरी संचारकर्मीतर्फ धिरज ढकाल उत्कृष्ठ विद्यार्थीमा विदुर घिमिरे र अनुपा सापकोटा र वनडढेलो नियन्त्रणतर्फ नानीमाया रुम्बा, सन्ध्या श्रेष्ठ, भीमसेन पौडेल, केदार अधिकारी, रोहित पौडेल र रोशन पौडेललाई सम्मान गरिएको थियो । 
साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७६/०७७ को लागि करीव ४५ लाखको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौडेलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
साधारणसभामा मकवानपुरगढी–४ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य रामहरी राई, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा, कालीका चण्डीका सामुदायिक वनका अध्यक्ष शिवराम थापा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, हिमाल महिला बहुउद्धेश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल, श्रमिक साना किसान कृषि सहकारीकी उपाध्यक्ष मानकुमारी पाख्रिन, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार