२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बचत गर्ने बानीको विकाससँगै ऋण लिएर उत्पादनमुलक कार्य गर्न सुझाव दिएका छन् ।
शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारणसभाको प्रमुख अतिथि रहेका उनले सहकारीबाट लिएको ऋण सही काममा प्रयोग गर्न सुझाव दिएका हुन् ।बैंकहरु पुग्न नसकेको ग्रामीण क्षेत्रहरुमा सहकारीले सर्वसाधरणको आयस्तर बृद्धिमा सहयोग गरिरहेको उल्लेख गर्दै नेता बानियँले सर्वसाधारणको सुखदुःखको साथीको रुपमा रहेको सहकारीले उत्पादनमुलक कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै सहकारीले समाजको विकासमा समेत टेवा पु¥याइरहेको बताए । दिव्यतारा सहकारीले सदस्यहरुको विश्वास जित्दै अघि बढेको भन्दै उनले उत्पादनमुलक कार्यमा लगानी गर्न सुझाव दिए ।
सहकारीकी अध्यक्ष महालक्ष्मि उपाध्याय डिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका रामेश्वर अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, सर्वोत्तम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर बस्नेत, सहकारीका सदस्य एवम् रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, सहकारी अन्तर्गतको उद्यमशील महिला समूहको तर्फबाट लक्ष्मी श्रेष्ठ, लेखा समिति संयोजक प्रकाश खतिवडा, सदस्य सेवा कार्यालय सानान्टार प्रमुख राजु घलेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा उत्कृष्ट अंक ल्याएर पास भएका ७ जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा दिविसा सापकोटा, विशेष दुलाल, प्रवेश गुरागाइँ, दिव्या गैरे, विनम्र अधिकारी, सोनिका रिजाल र निश्चल कोइराला रहेका छन् ।
यस्तै सहरकारीले ज्येष्ठ नागरिकतर्फ बसामाडी ३ का टंकबहादुर पण्डितलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट बचतकर्ताको रुपमा हेटौंडा–१ का सन्दिप निर्मल, हेटौंडा–१० का अमृतकुमार लामा र कविर श्रेष्ठलाई सम्मान गरिएको थियो भने उत्कृष्ट ऋणीतर्फ हेटौंडा–८ का राजेशबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







