३० मंसिर, हेटौंडा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा साविकको च्याम्पियन पोखरा पल्टनसले विजयी सुरुआत गरेको छ ।
पोखरा क्रिकेट रंगशालामा आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पूरा गरेको हो ।
विस्फोटक इनिङ खेलेका कुशलले ४३ बलको सामना गर्दा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै पोखराका रवीइन्दर सिंहले ३२ बलमा अविजित ३८ रन जोडेका थिए ।
आशिफ शेख १० बलमा १४ रन जोड्दै सुषन भारीको एलबिडब्युको शिकार भएका थिए । बलिङ तर्फ काठमाडौंका लागि सुषनले एक विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । सुवोध भाटीले सर्वाधिक ४५ रन जोडेका थिए ।
खराब सुरुआत गरेको काठमाडौंका लागि सातौं ब्याट्सम्यानका रूपमा क्रिजमा आएका भाटीले पोखरा पल्टन्सका लागि सर्वाधिक ४५ रन जोडको थिए । सुरुआतदेखि लगातार विकेटको पतनपछि सम्मानजनक योगफलका लागि संघर्ष गरिरहको काठमाडौंका लागि २९ बल खेलेका भाटीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठामाडौंका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । गौरभ टोमरले १३ तथा सुषन भारीले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
कप्तान ज्ञानेन्द्र १, रनमा पराजित हुँदा सुषन भारी १० तथा अम्रित भट्टराई १ रनमा अविजित रहे ।
शरद भेसावकरको कप्तानीमा मैदानमा उत्रिएको पोखराका लागि ललित राजवंशी तथा कुशल मल्लले दुई तथा प्रभामेश डाके, रासिद खान र सर्बजित लड्डाले एक–एक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेल विराटनगर टाइटन्सले धनगढी ब्लुज र दोस्रो खेल काठमाडौं गोल्डेन वारियर्सले बुटबल ब्लास्टर्सको सामना गर्नेछन् ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















