Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल नेदरल्यान्ड्ससंग पराजित

Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। जितका लागि २१२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रनमा सीमित भयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो। टोलीका लागि ओपनर जन फ्राइलिनले १४९ बलमा १०० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले धैर्यतापूर्वक पारी सम्हाल्दै नेपालको बलिङ आक्रमणलाई लामो समयसम्म दबाबमा राखेका थिए।
लोरेन स्टेन्क्याम्पले ८७ बलमा ५९ रनको महत्वपूर्ण योगदान दिए भने मलान क्रुगरले २२ बलमा १५ रन जोडे। नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १० ओभरमा मात्र २९ रन खर्चेर ५ विकेट लिए। उनले नामिबियाको मध्यक्रम र तल्लो क्रमलाई धराशायी बनाएर नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए। सोमपाल कामीले पनि ७ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए।
२१२ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआतदेखि नै सावधानीपूर्वक ब्याटिङ गरे पनि आवश्यक गतिमा रन बनाउन संघर्ष गर्‍यो। ओपनर आसिफ शेखले ८९ बलमा सर्वाधिक ४५ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ५० बलमा ४१ रन तथा आरिफ शेखले ४९ बलमा ३८ रनको योगदान दिए।
नामिबियाका बलर ज्याक ब्रासेलले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले १० ओभरमा ५२ रन खर्चेर २ विकेट हात पार्दै नेपालको मध्यक्रमलाई दबाबमा राखे। बर्नार्ड स्कोल्ट्जले भने अत्यन्तै किफायती बलिङ गर्दै १० ओभरमा केवल १४ रन मात्र खर्चिए, जसले खेलको नतिजामा निर्णायक भूमिका खेल्यो।
करण केसीको पाँच विकेट र नेपाली ब्याटरहरूको संघर्षपूर्ण प्रयासका बाबजुद नेपाल लक्ष्यभन्दा तीन रनले पछि पर्दा लिग–२ मा अर्को महत्वपूर्ण अवसर गुमाउन बाध्य भयो।
यो हारसँगै नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार