Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा कागजात नभएका र वेवारिसे ५ बाईक प्रहरीमा

Motercycle1-1576463842.jpg

३० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले हराएको र चोरी भएको मोटरसाइकल र स्कुटर खोजि कार्यमा सक्रियता देखाइरहेको छ । यसै क्रममा विभिन्न समयमा हराएको र चोरी भएको ५ वटा मोटरसाइकल र स्कुटर फेला परेको छ । वडा प्रहरी कार्यालय हेटौडाको टोलिले चेकजाँचका क्रममा र खोजी कार्य गर्दा हेटौँडाको विभिन्न वडाबाट ५ वटा मोटरसाइकल र स्कुटर फेला पारेको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
वडा प्रहरी कार्यालय हेटौडाले गत भदौ २५ गते नियमित चेकजाँचका क्रममा हेटौंडा-५ क्याम्पाडाँडाबाट बा २७ प २५७२ नम्बरको कागजपत्र नभएको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मंसिर १० गते हेटौंडा–४ पारिजात पथबाट वेबारिसे अवस्थामा बा ३६प ६८५३ नम्बरको डिओ स्कुटर फेला पारेको छ । त्यसैगरी मंसिर ११ गते नियमित चेकजाँचका क्रममा हेटौंडा–५ सानो पोखराबाट कागजपत्र नभएको ग९ प  ४२६८ नम्बरको डुक मोटरसाइकल नियन्त्रणमा लिएको र मंसिर २४ गते मक्रान्चुली जाने बाटो  हेटौंडा ५ पिप्लेकुनामा  बेबारिसे अवस्थामा ना २ प ६८८९ नम्बरको मोटरसाइकल फेला परेको छ । त्यस्तै, मंसिर २५ गते नियमित चेकजाँचका क्रममा कागजपत्र नभएको अवस्थामा बा २७ प २५७२ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् ।
'हामीले यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित मोटरसाइकल र स्कुटरको विवरण माग गरेका छौ , त्यसको विवरण आउनासाथ सम्बन्धित मोटरसाइकल र स्कुटर धनिलाई खबर गरेर हस्तान्तरण गर्नेछौ'-निरिक्षक भण्डारीले प्रष्ट खबरलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बेबारिसे अवस्थामा फेला परेका सवारी कसले र किन त्यस अवस्थामा छोडेको भन्ने बारे अनुसन्धान भइरहेको बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार