३० मंसिर, जुम्ला । जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन् । उनीहरु पाटनमा कस्तो अवस्थामा छन्, के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन् ।
बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए। जडिबुटी संकलनका लागि गएकाहरुको कुनै सम्पर्क हुन नसकेको तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएको समाचार नागरिकमा छ । उनका अनुसार वेपत्ता हुनेमा तिला–९ ढिपु गाउँका धनबहादुर बोहोरा,छविराज बोहोरा,जंग रावत, सुमबहादुर बोहोरा, नरबीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सुर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन्।
यता, पाटनदेखि सेतक चिनी लिएर आएका एक खच्चरवालाको मृत्यु भएको छ। तिला गाउँपालिका ६ नेटा भन्ने ठाउँमा चिसोले कठयाँग्रिएर तिला गाउँपालिका ९ का बीनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए। उनका अनुसार मृतक बोहोरा संगैका चार जना खच्चरवाला सकुशल फर्केका छन्। मृतकको शव लिन स्थानीय त्यस तर्फ गइसकेका छन्। तर भारी हिमपातका कारण शव खोज्न कठिन हुने स्थानीय बताउँछन् ।
जडिबुटी खोज्न गएका स्थानीय हिउँमा परेको भन्दै तत्काल उद्धार गर्न स्थानीयले माग गरेका छन् । वडाध्यक्ष बोहोराका अनुसार उद्धारको लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ बेपत्ता भएकाहरुको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाउन थालेको जानकारी दिए।
फुलवारी पाटनमा हिडेर जान सकिने अवस्था छैन्। हेलिकप्टर बाहेकको विकल्प नरहेको स्थानीय बताउँछन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले स्थानीय प्रशासन संग समन्वय गर्न आग्रह गर्दै आफु पनि उद्धारको लागि गृहमन्त्रालयसंग आग्रह गर्ने जानकारी दिए। गाउँमै झण्डै दुइ फिटसम्म हिउँ परेको छ । पाटनमा हिउँ धेरै परेको हुन सक्ने भन्दै तत्काल उद्धार गरिदिन सरकार समक्ष माग गरिएको छ। फुलवारी पाटनमा पुग्न गाँउदेखि झण्डै दुई दिन लाग्ने गरेको स्थानीय बताउँछन्।
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






