Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म पहुँच बढाउनुपर्ने

20170218_085051-1487412223.jpg

७ फागुन, हेटौंडा । संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म अाफ्नो पहुँच बढाउनु पर्ने शनिबार हेटौंडामा अायोजित कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । रेडियो थाहासंचारको नवौं बार्षिकोत्सवको अवसरमा अायोजित 'पत्रकारिता: विगत, वर्तमान र भविष्य' विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विषयवस्तुका लागि संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म पहुँच राख्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै थाहासंचार अनलाइनका प्रधान सम्पादक एवम् अग्रज पत्रकार तिर्थ कोइरालाले अहिलेको अवस्थामा संचार क्षेत्रले राजनीतिक भन्दा अार्थिक मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले अार्थिक क्षेत्रका समस्या र समाधानको पाटोलाई संचारक्षेत्रले समेट्नुपर्नेमा उनको जोड थियो । राजनीतिक भाषणभन्दा राजनीतिमा रहेका विकृतिको उजागर गर्दै सुधारका लागि कलम चलाउन उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टले संचारमाध्यमको समाचार पक्ष बलियो भए स्थानीय सवाललाई बढि उजागर गर्न सक्ने बताउँदै पछि पारिएकाहरूको समाचारलाई प्राथमिकता दिनुपर्ने बताए । संचारकर्मी अार्थिक रूपमा बलियो भए उसले निर्धक्क संचारकर्ममा लाग्न सक्नेतर्फ संचारगृहले ध्यान दिनुपर्ने बताए ।

महासंघका उपाध्यक्ष गिरिजा अधिकारीले पछिल्लो समय संचारमाध्यममा शहर केन्द्रित समाचारले स्थान बढी र ग्रामीण भेगका समाचार अोझेलमा परेकाले यसतर्फ सचेत हुनु जरूरी रहेको बताए । कार्यक्रम रेडियोका प्रवन्ध निर्देशक अरूणराज सुमार्गीले संचारक्षेत्र र संचारकर्मी बलियो बनाउन अाफ्नो तर्फबाट सहयोग गरिरहेको बताए ।

कार्यक्रममा रेडियो कार्यवाहक स्टेसन म्यानेजर दर्शन क्षेत्री, कार्यक्रम संयोजक गोकुल अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रममा विभिन्न संचारमाध्यममा अावद्ध संचारकर्मीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

थप समाचार