Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म पहुँच बढाउनुपर्ने

20170218_085051-1487412223.jpg

७ फागुन, हेटौंडा । संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म अाफ्नो पहुँच बढाउनु पर्ने शनिबार हेटौंडामा अायोजित कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । रेडियो थाहासंचारको नवौं बार्षिकोत्सवको अवसरमा अायोजित 'पत्रकारिता: विगत, वर्तमान र भविष्य' विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विषयवस्तुका लागि संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म पहुँच राख्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै थाहासंचार अनलाइनका प्रधान सम्पादक एवम् अग्रज पत्रकार तिर्थ कोइरालाले अहिलेको अवस्थामा संचार क्षेत्रले राजनीतिक भन्दा अार्थिक मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले अार्थिक क्षेत्रका समस्या र समाधानको पाटोलाई संचारक्षेत्रले समेट्नुपर्नेमा उनको जोड थियो । राजनीतिक भाषणभन्दा राजनीतिमा रहेका विकृतिको उजागर गर्दै सुधारका लागि कलम चलाउन उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टले संचारमाध्यमको समाचार पक्ष बलियो भए स्थानीय सवाललाई बढि उजागर गर्न सक्ने बताउँदै पछि पारिएकाहरूको समाचारलाई प्राथमिकता दिनुपर्ने बताए । संचारकर्मी अार्थिक रूपमा बलियो भए उसले निर्धक्क संचारकर्ममा लाग्न सक्नेतर्फ संचारगृहले ध्यान दिनुपर्ने बताए ।

महासंघका उपाध्यक्ष गिरिजा अधिकारीले पछिल्लो समय संचारमाध्यममा शहर केन्द्रित समाचारले स्थान बढी र ग्रामीण भेगका समाचार अोझेलमा परेकाले यसतर्फ सचेत हुनु जरूरी रहेको बताए । कार्यक्रम रेडियोका प्रवन्ध निर्देशक अरूणराज सुमार्गीले संचारक्षेत्र र संचारकर्मी बलियो बनाउन अाफ्नो तर्फबाट सहयोग गरिरहेको बताए ।

कार्यक्रममा रेडियो कार्यवाहक स्टेसन म्यानेजर दर्शन क्षेत्री, कार्यक्रम संयोजक गोकुल अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रममा विभिन्न संचारमाध्यममा अावद्ध संचारकर्मीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार