Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ

IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिई काम गरिरहेको जानकारी दिएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै मुख्यमन्त्री बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्र स्थापनाको संघर्षमा आदिवासी जनजाति समुदायले ठूलो त्याग गरेको कुरा उल्लेख गरे ।
उनले नेपाली कांग्रेसको इतिहासमा लौह पुरुष गणेशमान सिंह, भीमबहादुर तामाङ र बखानसिंह गुरुङजस्ता योद्धाहरूको योगदान सधैं सम्झनलायक रहेको बताउँदै, कांग्रेस पार्टी सदैव जनजातिको अस्तित्व र पहिचानको पक्षमा उभिने पार्टी रहेको दाबी गरे ।
मुख्यमन्त्री बानियाँले विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न बागमती प्रदेश सरकारले प्रभावकारी कदम चालेको बताए । चेपाङ, बोटे, जिरेलजस्ता अति पिछडिएका समुदायका विद्यार्थीहरूलाई डाक्टर, इन्जिनियर र भेटेरिनरी विषय अध्ययन गराउन सरकारले छात्रवृत्तिको व्यवस्था गरेको उनले बताए ।
आदिवासी जनजाति महासंघको भवन निर्माणका लागि सरकारले हालसम्म १ करोड रुपैयाँ विनियोजन गरिसकेको र थप आवश्यक रकम पनि उपलब्ध गराइने प्रतिबद्धता उनको भनाई छ । नेपाली कांग्रेसका संस्थापक नेताहरूको आदर्शलाई सम्झँदै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिगत आस्थाको विषय भएकाले राज्यले सबै धर्मप्रति समान सद्भाव राख्नुपर्ने धारणा राखेका छन् ।

IMG-20260807-WA0002-1786093217.jpg
IMG-20260807-WA0004-1786093218.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार