Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

चुच्चेखोला सहकारीको १४ औं साधारणसभा सम्पन्न

Chuchekhola-1576933358.jpg

५ पुस, हेटौँडा । हेटौँडा–१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सम्पन्न भएको छ ।
हेटौँडा वडा नम्बर १७ का वडा अध्यक्ष भैरवबहादुर राईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक कुमारमणी दाहालले लेखा प्रतिवेदन र आव ०७५/०७६ को १ करोड ७९ लाख ४० हजार रुपैँयाको आर्थिक प्रतिवेदन, ऋण समिति संयोजक धनबहादुर गौतमले ऋण समिति प्रतिवेदन र व्यवस्थापक रिता फुँयालले आगामी आवका लागि २ करोड २५ लाखको अनुमानित आयव्यय प्रतिवदेन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक संचालक समितिका सहसचिव गिता सापकोटा, सदस्य दामोदर तिमल्सिना, सदस्य कमला श्रेष्ठ, उत्कृष्ट बचतकर्ता हिरादेवी दाहाल, असल कारोबारी दुर्गाकुमारी चौलागाई, एसईईमा उत्कृष्ट अंक ल्याउने प्रभास घिमिरे र कृमेश पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष एवं संस्थाका सल्लाहकार अर्जुनप्रसाद दाहाल, कामधेनु बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गौरबकुमार पराजुली, सम्मानितहरुको तर्फबाट कमला श्रेष्ठ, संस्थाका शिक्षा समिति संयोजक शालिकराम घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार