Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बलि दिन भारत लैजाँदै गरेकी युवतिको उद्धार

mahila-1577329736.jpg

Sketch

१० पुस, काठमाडौं । ‘बलि’का लागि काठमाडौंबाट भारत लैजाँदै गरिएकी एक किशोरीको नेपाल–भारत सीमाक्षेत्र जोगवनीआसपासबाट सकुशल उद्धार गरिएको छ । 
झापा घर भएकी ती किशोरीलाई ‘मोडल’ आवश्यक परेको भन्दै झुक्याएर भारततर्फ लगिँदै थियो। किशोरी पक्राउ परेलगत्तै प्रहरीले चारजनालाई मोरङ र दुईजनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीको भनाइ उद्धत गर्दै नागरिक दैनिकले समाचार बनाएको छ । 
पक्राउ पर्नेमा प्रेममाया तामाङ, दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलीप पोद्दार, कृष्ण तामाङ र उमेश साह रहेको प्रहरी स्रोतको भनाइ छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले ६ जना पक्राउ परेको पुष्टि गरे। ‘किशोरीको उद्धार गरिएको छ। पक्राउ परेकाहरूबारे अनुसन्धान हुँदैछ,’ उनले भने। पक्राउ पर्नेमा दुईजना पति–पत्नीसमेत रहेको बताइएको छ । काठमाडौं बस्दै आएकी ती किशोरीले ६ महिनादेखि बानेश्वरस्थित फेसन डिजाइनसम्बन्धी पसल खोलेर बसेकी एक महिलासँग सम्पर्क बढाएकी थिइन्। त्यही महिलामार्फत उनी बलिका लागि मान्छे भारत लैजानेहरूको सम्पर्कमा पुगिकी हुन्।
ती किशोरीले पुस २ गते प्रहरीमा उजुरी दिएकी हुन्। त्यसपछि मात्रै परिसरले प्रहरी निरीक्षकको कमान्डमा अप्रेसन चलाएको थियो । बलि का लागि मान्छे भारत लानेहरूले ६ फिट उचाइ भएकी युवती चाहिएको बताएका थिए। आफ्नो उचाइ करिब ६ फिट भएकाले सम्पर्क ती किशोरीले उनीहरूलाई गरेकी थिइन्। राम्रो पैसा र पेसा दुवै पाइने भएपछि ती किशोरी भारत जान पनि तयार भएकी थिइन्। पहिलो अन्तर्वार्तामा उनलाई विभिन्न धर्मबारे प्रश्न गरिएको थियो। 
दोस्रो अन्तर्वार्ताका प्रश्नहरू खानपानतर्फ केन्द्रित थिए। उनीहरूले तेस्रोपल्ट पारिवारिक सम्बन्ध र महिनावारीबारे प्रश्न गरेका थिए। मोडलिङका लागि लाने भन्ने तर धर्म र महिनावारीबारे सोधेपछि ती किशोरी सशंकित भई प्रहरीकहाँ पुगेकी थिइन्। ‘जब उनी भारत जान तयार भइन्, त्यसपछि उनीहरूले कालो लुगा लगाएर परीक्षणसमेत गरे,’ स्रोतले भन्यो, ‘विभिन्न तन्त्रमन्त्रसमेत गरेको पाइयो। महिलालाई तान्त्रिक विधिका माध्यमले मन्त्र र पूजापाठमा संलग्न गराइएको समेत देखिएको छ।’
धार्मिक आस्था र मोडलिङ फरकफरक विषय भए पनि धर्मसम्बन्धी प्रश्न धेरै गरिएपछि शंका लागेर किशोरी प्रहरी कार्यालयमा उजुरी दिन गएकी थिइन्। सोही उजुरीका आधार प्रहरीले पुस २ गतेदेखि नै निगरानी गर्दै आएको थियो। पुस ५ गते उनीहरूले ती किशोरीलाई काठमाडौंबाट विराटनगर लगेका थिए । उनीहरू काठमाडौंबाट हिँडेपछि प्रहरीको टोली पनि मोरङ पुगेको थियो। मोरङबाटै प्रहरीले उनीहरूलाई मंगलबार साँझ काठमाडौं ल्याएको हो। प्रहरीले यसलाई गोप्य राखेर अनुसन्धान गरिरहेको जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार